झगनखबर
असार ८ । चम्पादेवी
गाउँपालिका वडा नं ८ बिलन्दुमा बिहीबार राति पहिरोले ३ घर बगाएको छ । पहिरोमा परी ३ जनाको मृत्यु
भएको छ भने १ जना बेपत्ता भएका छन् ।
पहिरोले घर पुरिँदा
स्थानीय ३६ वर्षका रणबहादुर गुरुङ र उनकी पत्नी २९ वर्षकी शिवमाया गुरुङ छोरी
१८ महिने कृतिका गुरुङ घट्नास्थलमै मृत्यु भएको हो । १० वार्षिय छोरा दिनेश गुरुङ अझै बेपत्ता छन् । बेपत्ताको खोजी
कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक दिपक बहादुर केसीले
बताउनु भयो ।स्थानीय अन्य २ जना बलबहादुर गुरुङ र जरसिंह गुरुङको घर बगाए पनि
परिवारका सदस्यहरु भागेर जोगिन सफल भएका छन् । ८० वार्षिय बल बहादुरको ३ जनाको
परिवार थियो भने ८० वर्षकै जहरसिँह गुरुङको परिवारमा ६ जना रहेका छन् । राति नै स्थानीयले प्रहरीलाई पहिरोबारे
जानकारी दिएपछि नेपाल प्रहरी, सशस्त्र
प्रहरी लगायतको टोली घटनास्थल पुगेर स्थानीयसहित उद्धारमा खटिएका थिए । उद्धारका
लागि थप प्रहरी समेत जिल्लाबाट खटिएर घटनास्थलतर्फ गइरहेको प्रहरीले जनाएको छ ।
पहिरोका कारण ठुलो मानविय क्षती भएको चम्पादेवी ८ का वडा अध्यक्ष खड्ग बहादुर बराल
( हरि) ले जानकारी दिनुभयो ।