राजकुमार कार्की
बैशाख २२ ।
जिल्लाको खिजीदेम्बा गाउँपालिका–८, भुसिँगा रावाटोलमा करेन्ट लागेर कर्मचारीको
घट्नास्थलमै मृत्यु भएको छ । ट्रान्सफर्मर चार्ज गरी चेक गर्ने क्रममा सिग्माकोण
प्रा. ली. काठमाण्डौका कर्मचारी बिन्दु चौधरीको मृत्यु भएको हो । खिजीदेम्बा
गाउँपालिकाका ७ र ८ वडामा केन्द्रीय लाइन वितरण भईरहेको छ । उक्त लाइन वितरण गर्ने
क्रममा सिग्मा कम्पनीका कर्मचारी कैलाली जिल्ला साबिक हसुलीया गाविस वडा नं ४
बस्ने दयाराम चौधरीका छोरा अन्दाजी वर्ष ३० का बिन्दु चौधरी रहेको प्रहरीले जनाएको
छ । चौधरीको लास सोइ ट्रान्सफर्मरमा झुन्डीरहेको अवस्थामा रहेको र प्रहरी चौकी
रावादोलुबाट गएको प्रहरी टोलीले घट्नास्थल सुरक्षीत गरिरहेको जनाएका छन् । थप
अनुसन्धान र कानूनी प्रकृयाका लागि इलाका प्रहरी कार्यालय बरुणेश्वर रामपुरबाट
प्रहरी निरीक्षक मनिष लुइटेलको टोली घट्नास्थल तर्फ जाँदै गरेको जिल्ला प्रहरी
कार्यालय ओखलढुंगाले जानकारी दिएको छ ।
चौधरी भुसिँगामा लाइन
वितरण गर्न बैशाख २० गते देखि आउनु भएको थियो । रामेछाप सबस्टेशनमा लाइन बन्द गर्न
सुझाएर चौधरी ट्रान्सफर्मर चेक गर्न चढ्नु भएको थियो । चढ्ने बित्तिकै
ट्रान्सफर्मरमै करेन्ट लागेर झुन्डीएको मृतक चौधरीका साथीलाई उद्धृत गर्दै
भुसिँगाका वडाअध्यक्ष नगेन्द्र बस्नेतले जानकारी दिनुभयो । सबस्टेशनमा तत्काल लाइन बन्द नगरिएका कारण
चौधरीको मृत्यु भएको स्थानीयले बताएका छन् ।