जिल्लास्तरिय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता शुरु

चैत २९ । ओखलढुंगामा राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिता  शुरु भएको छ । बुधबार देखि सदरमुकामस्थित खेलमैदानमा खेलकुद प्रतियोगिता शुरु भएको हो । जिल्ला समन्वय समिति ओखलढुंगाका प्रमुख डिल्लीराम खनालको प्रमुख आतिथ्यमा खेलको उद्घाटन भएको छ । विभिन्न पालिकास्तरिय राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगितामा छनौट भई आएका विद्यार्थी खेलाडीहरुको सहभागिता रहनेछ । जिल्लाका ८ वटा स्थनिय तह मध्ये ५ वटा स्थानिय तहलेमात्र भाग लिएको आयोजकले जनाएको छ । चिसंखुगढी गाउँपालिका, खिजीदेम्बा गाउँपालिका र लिखु गाउँपालिकाले सहभागिता जनाएको छैन । महिला तथा पुरुष ः भलिबल, एथलेटिक्स, कबडी लगायतका खेलहरु खेलाईनेछ । जिल्लाबाट छनौट भएका विद्यार्थी खेलाडीहरु प्रदेशस्तरीय खेलमा सहभागि हुनेछन् ।

खेलको उद्घाटन गर्दै प्रमुख अतिथी खनालले सबै विद्यार्थी खेलाडीहरु लगायत आयोजक टिमलाई सफल्ताको शुभकामना दिनुभएको थियो । कार्यक्रममा समन्वय उपप्रमुख तारा कार्की, नगर उपप्रमुख केदारबाबु बस्नेत, मोलुङ गाउँपालिका प्रमुख उत्तम राई निमित प्रमुख जिल्ला अधिकारी सन्ध्या सिग्देलनगरपालिकाका प्रशासकिय अधिकृत बलराम लम्साल, वडाअध्यक्ष लगायत जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरुको उपस्थिती रहेको थियो ।

खेलकुद प्रतियोगितामा सहभागी भएका विद्यार्थी खेलाडीहरु ;

प्रतिक्रिया