सिन्धुली बस दुर्घटनामा ६ जनाको ज्यान गयो

ओखलढुंगा २८, फागुन ।  सिन्धुलीको फिक्कल गाउँपालिका ४ कुईभिरमा भएको बस दुर्घटनामा ६ जनाले ज्यान गुमाएका छन् । आईतबार विहान रुम्जाटार बाट काठमाण्डौका लागि छुटेको यात्रुबाहक बस मध्यपहाडी लोक मार्ग अन्तर्गत कुइभिरमा दुर्घटना भएको हो । चालक सहित ३५ जना यात्रु भएको बस दुर्घटना हुँदा ६ जनाको घट्नास्थलमै ज्यान गएको छ भने २९ जना घाइते भएका छन् । ज्यान गुमाउनेमा ३ जना पुरुष र ३ जना महिला रहेका छन् । गम्भिर घाइते भएका ५ जनालाई उपचारका लागि  हेलीकोप्टर मार्फत काठमाण्डौ लगिएको छ । अन्य घाईतेहरुलाई खुर्कोट अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ । बा २ ख ६५९६ नम्बरको यात्रुबाहक बस ब्रेक फेल भई अनियन्त्रीत हुदा दुर्घटना भएको हुनसक्ने प्रहरीले आँकलन गरेको छ ।

प्रतिक्रिया