श्रीमानको कुटाईबाट श्रीमतिको ज्यान गयो


झगनखबर

फागुन १२ । ओखलढुंगामा श्रीमानको कुटाईबाट श्रीमतिको मृत्यु भएको छ । सिद्धिचरन नगरपालिका ५ बिप्लाँटेका काजी शेर्पाको कुटपिटबाट श्रीमतिको मृत्यु भएको हो । शुक्रबार राती करिब ११ः३० बजेको समयमा श्रीमान वर्ष ४० का काजी शेर्पाले ४० वर्षिय श्रीमति ङिमकिमु शेर्पालई कुटपिट गरी सख्त घाइते बनाएका थिए । घाइते शेर्पालाई उपचारका लागि सामुदायिक अस्पताल मिसन सोब्रु लगिएको थियो । उपचारको क्रममा शनिबार विहान करिब २:३० बजेको समयमा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको लासलाई पोष्टमार्टम पश्चात आफन्तलाई जिम्मा लागाइएको र नीज श्रीमान काजी शेर्पालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जानकारी दिएको छ । के कारणले मृत्यु हुने गरी श्रीमतिलाई कुटपिट गरिएको हो, अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया