निर्वाचन प्रहरीको तालिम सुरु


राजकुमार कार्की

माघ १८ । ओखलढुंगा जिल्ला स्थित नियुक्त गरिएको निर्वाचन प्रहरीको तालीम सुरु भएको छ । आसन्न फागुन २१ गतेको प्रतिनिधी सभा सदस्य निर्वाचनको लागि नियुक्त गरिएका निर्वाचन प्रहरीको तालीम सुरु गरिएको हो । प्रमुख जिल्ला अधिकारी मेख बहादुर मग्रातिको प्रमुख आतिथ्य तथा सुरक्षा समितिका सदस्यहरुको उपस्थितिमा तालीमको उद्घाटन गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जानकारी दिएको छ । जिल्लाभरी जम्मा ८ सय ७७ जना निर्वाचन प्रहरी नियुक्त भएका छन् । त्यसमध्ये जिल्ला प्रहरी कार्यालयमा ४ सय ९२ जना, इलाका प्रहरी कार्यालय बरुणेश्वरमा २ सय १७ जना र इलाका प्रहरी कार्यालय खिजीफलाटेमा १ सय ६८ जना निर्वाचन प्रहरी नियुक्त भएका छन् ।



प्रतिक्रिया