सिचाँई कुलो बनेर सडक बन्न थालेपछि लिखुमा जागेको उत्साह

 

राजकुमार कार्की

ओखलढुंगा असार ९ । ओखलढुँगा जिल्लाको ८ स्थानिय तह मध्ये एक  लिखु गाउँपालिकामा सिंचाईको अभावले जग्गा वाँझै राख्नुपर्ने बाध्यता थियो । जग्गा छ तर उत्पादन छैन जनता पीडामा थिए । प्रदेश सरकार समेतको सहयोगमा पोकली खोला मुहान गरी सिचाई कुलो निर्माण भएपछि भने स्थानीयले सिंचाईगर्न पाएका छन । वडाअध्यक्ष पुरुषोत्तम पौडेल भन्नुहुन्छ अहिले किसानले खेतीवालीमा मज्जाले सिचाँई गर्न पाएका छन । हिजो सम्म बाँझै रहने खेतवारीमा अहिले लहलह खेती देख्दा मनै आनन्द हुन्छ ।

उब्जाउशील जमिन भएपनि सिंचाई पानीको अभावका कारण स्थानीयले खेती गर्न सकेका थिएनन् । पानीको अभावका कारण प्रायःकृषकका जग्गा बाँझै देखिन्थे  । खेती गरेकाहरुको पनि पानीको अभावका कारण सामान्य उब्जनी मात्रै गर्ने गरेका  थिए । प्रयाप्त सिंचाईअभावका कारण उब्जाउशील जमिन भएपनि नागरिकले आफ्नो जमिनको उचित सदुपयोग  गर्न सकेका थिएनन् । आफू वडाअध्यक्ष भएपछि कुलो निर्माणका लागि पहल गर्न शुरु गरेको र सफल भएको वडाअध्यक्ष पुरुषोत्तम पौडेलले जानकारी दिनुभयो । कुलो निर्माण सम्पन्न भएपछि स्थानीय उपभोक्ताहरु खुशी भएका छन । सिंचाई उपलब्ध भएपछि स्थानीय स्वरोजगार हुने र आयआर्जनमा बृद्धि हुनेमा बिश्वस्त रहेको वडाध्यक्ष पौडेलको भनाई छ ।

 प्रदेश सरकारले ४ लाख ८८ हजार, संघीय सरकारले पनि ४ लाख ८८ हजार, स्वीस सरकारको अनुदान सहयोग ७ लाख ३२ हजार र स्थानीय पालिकाको  ४ लाख ८८ हजार लगानीमा कुलो निर्माण गरिएको हो । तीनै तहको सरकारको लगानी र विदेशी सहयोग गरी जम्मा २१ लाख ९६ हजार लागतमा सम्पन्न भएको छ । ३०÷३० सेन्टिमिटर उचाई र चौडाई आरसिसि ढलान सहित कुलो निर्माण  भएको हो । एउटा इन्टेक, ५वटा आउटलेट, एउटा डिभिजन बक्समार्फत सिञ्चाई कुलो निर्माण भएको छ । मुहानदेखि उपभोक्ता सम्म कुलो निर्माण सम्पन्न हुँदा १३ सय मिटर लम्बाई रहेको छ । ५ सय ३७ मिटर दुईतर्फी आरसिसि ढलान ७ सय ६३ मिटर एकतर्फी ढलान गरिएको उपभोक्ता समितिका अध्यक्ष हिरा बहादुर श्रेष्ठले जानकारी दिनुभयो ।

 कुलो निर्माण भएपछि उपभोक्ताहरुलाई आफ्नो खेतबारीमा सिँचाई गर्न सहज भएको छ । अबका दिनमा बाह्रै महिना सिंचाई हुनेमा ढुक्क भएको स्थानीय उपभोक्ता शंकर प्रसाद तिम्सिनालेले बताउनुभयो ।यो कुलोबाट८ हेक्टर जग्गा सिञ्चित हुने छ ।  ९९ घरधुरीका उपभोक्ताहरु प्रत्यक्ष रुपमा लाभान्वित भएका छन ।

यो भन्दा अगाडी स्थानियबासीको लगानी तथा पहल संरक्षणमा माटेकुलो सन्चालन गर्दै आएका थिए । लामो दुरी र धेरै लगानी गर्नु पर्ने भएकाले सामान्य सानो पानी ल्याउन भने सफल भएका थिए । तर सानो पानीले प्रयाप्त मात्रामा सिञ्चाई गर्न भने सकेका थिएनन् । कुलो मजबुत रुपमा निर्माण गर्न नसक्दा उपभोक्ताहरुलाई दैनिकजसो कुलो मर्मत गरिरहनु पर्ने हैरानी थियो । तर पनि सबै उपभोक्ताहरुलाई पानीको सहज उपलब्धता थिएन ।


फाँटिलो टार र बेसीमा सिंचाई टारकेराबारी सिचाई योजना

ओखलढुंगा जिल्लाको लिखु गाउँपालिका वडा नं ८ टारकेराबारीमा सिंचाईकुलो निर्माण सम्पन्न भएपछि स्थानीय उत्साहित भएका छन्। डुडेखोला मुहान गरी मसार टारकेराबारीको टारसम्म  कुलो निर्माण सम्पन्न भएको हो ।  कुलो निर्माण भएपछि उपभोक्ताहरुलाई खेतबारीमा सिंचाई गर्न सहज भएको छ । दुइ किलोमिटर सात सय मिटर लम्बाई भएको कुलो निर्माण सम्पन्न भई सुचारु भएको छ् ।प्रदेश सरकारको १६ लाख ४४ हजार, संघ सरकारको १६ लाख ४३ हजार ६ सय स्विटजरल्याण्ड सरकारको २४ लाख ५४ हजार र स्थानिय सरकारको १६ लाख ४३ हजार ६ सय गरी जम्मा ७३ लाख ८५ हजार २ सय लागतमासिंचाई कुलो निर्माण भएको हो ।

सम्म परेको फाँटिलो टार र बेँशी भए पनि पानीको अभावले सामान्य खेतिमै अल्झिरहेका थियौ, अब पानी आएपछि राम्रो खेति हुनेमा ढुक्क भएको स्थानीय उपभोक्तालोक प्रसाद भट्टराईको  भनाई रहेको छ ।

फाँटिलो र उब्जाउशील जमिन भएपनि सिचाईको अभावका कारण स्थानीय किसानले मनग्य उब्जनी गर्न सकेका थिएनन् । स्थानीय तहको पनि श्रोत सिमित भएका कारण एक्कैले कुलो बनाउन सक्ने अवस्था थिएन । प्रदेश सकार,संघ सरकार,स्थानीय निकाय र दातृनिकायको सहयोगमा कुलो बनेपछि स्थानीयको अनुहारमा खुशीयाली छाएको लिखुगाँउ पालिका अध्यक्ष अशोक कुमार कार्कीले बताउनु भयो । उब्जाउशील जमिनहरुमा  प्रयाप्त मात्रामा सिंचाईको प्रवन्ध गरे स्थानीयले बेरोजगार बस्नु पर्दैन  अब बेरोजगार समस्या पनि न्यूनिकरण हुने अध्यक्ष कार्कीको बिश्वास छ । आवश्यक्तानुसारको ठाउँमा आरसीसी  ढलान गर्दै ४,४ को कुलो निर्माण सम्पन्न गरिएकोउपभोक्ता समितिका अध्यक्ष बिमल कुमार विष्टले बताउनु भयो । कुलो निर्माण भएपछि वडा नं ८ को टारकेराबारी र मसार गरी तीन सय भन्दा धेरैघरधुरीकाकृषक  लाभान्वित भएका छन् ।

वडा नम्बर ८ का कृषक बिमल कुमार विष्टको टारखेत थियो तर  सिंचाईको प्रयाप्त ब्यबस्था नहुदा राम्रो उब्जनी थिएन । अव भने कुलोबाट सिंचाई गरेर टन्न उत्पादन भित्रयाउने उहाँमा उत्साह जागेको छ ।

लिखु गाँउपालिकाको वडा नं ८ को टारमा भएको मध्ये धेरै जसो जग्गामा सिंचाई पुगेको छ । केहि खेतीयोग्य जग्गामा सिञ्चाई सुविधा पुग्न सकेको छैन । त्यसमध्ये अहिले २२ हेक्टरभन्दा धेरै जग्गामा सिंचाईसुबिधा पुगेको छ । लिखु गाँउपालिकामा सिंचाई मात्र होइन सडक निर्माणले पनि गति लिएको छ । सडक निर्माणमा प्रदेश सरकारको सहयोग रहेको छ ।


पर्यटकीय सडक : पोकली झर्ना र चम्पादेवी मन्दिर पुग्न सहज हुने

पोकली ककनी पर्यटकीय सडक निर्माण योजना शुरु भएको छ ।सय पर्यटकीय गन्तब्यमा सूचीकृत देशकै दोस्रो अग्लो पोकली  झरना सम्म पुग्ने गरीको सडक निर्माण भइरहदा स्थानीयमा सम्बृद्धिको आशा पलाएको छ । झरना हेर्नकै लागि ठूलो सँख्यामा आन्तरिक तथा बाह्य पर्यटक आउने बिश्वास गरिएको छ ।समुद्री सतहदेखि करीब दुई हजार २०० मिटर उचाइमा पोकली झरना रहेको छ। चट्टानमा पानी ठोक्किएर आकाशबाट पानी दर्किंदा घामको झुल्को र अस्ताउने बेला इन्द्रेणी लाग्छ।लिखुखोलाको उत्तरपूर्वबाट झर्ने सो झरना नजिकै पर्ने घना जङ्गलले ढाकेको गौरी वन निक्कै आकर्षक देखिन्छ । यो सडकले जिल्लाकै प्रमुख धार्मिक पर्यटकीय स्थल श्रीचम्पादेवी मन्दिर सम्म पुग्न सहज हुने छ । सडक बनिसकेपछि धार्मिक पर्यटन प्रवद्धनमा सहयोग पुग्ने स्थानीयको अपेक्षा छ ।

 लिखु गाउँपालिकाको वडा ७ बाट चम्पादेवी गाउँपालिकाको श्रीचम्पादेवी मन्दिरजोड्ने पर्यटकीय सडक निर्माण शुरु भएको हो । कोशी प्रदेश सरकारको ५० लाख लगानीमा शुरु भएको योजना टेन्डरमार्फत काम भईरहेको छ । हिमाल कन्ट्रक्सन एण्ड सप्लायर्स प्रा.लि. ले निर्माण गरिरहेको छ । ८०० मिटर निर्माण सम्पन्न गर्ने गरी टेन्डर पाएको कम्पनीले लिखु गाउँपालिकाको वडा नं ७ स्थित राम्चे पहरामा काम गरिरहेको वडा नं ७ का अध्यक्ष तारा बहादुर तामांगले जानकारी दिनुभयो ।

यो सडक पर्यटकीय स्थल पोकली झरना, कुन्डलेश्वर महादेव मन्दिर, लिखु गाउँपालिका वडा ५ यसम, मझुवा हुदै चम्पादेवीको विलन्दु सडक खण्ड हुँदै श्रीचम्पादेवी मन्दिर सम्म पुग्ने छ । पहिला नै शुरु भएको योजना बजेटको अभावका कारणले रोकिएको थियो । तर अहिले कोशी प्रदेशले सडक निर्माण गर्नका लागि बजेट ५० लाख विनियोजन गरेपछि सडक निर्माण गर्न शुरु भएको हो । 

यो सडक निर्माण सम्पन्न भएपछि चम्पादेवी गाउँपालिका र लिखु गाउँपालिकाका नागरिक लाभान्वित हुनुका साथै पर्यटन विकासका लागि थप टेवा पुग्ने विश्वास गरिएको छ । पोकली झरनाको दृश्य अवलोकन गर्न आएका आन्तरिक तथा बाह्य पर्यटकलाई श्रीचम्पादेवी मन्दिर सम्म लैजाने र श्रीचम्पादेवी मन्दिरमा आएका धार्मिक पर्यटकलाई पोकली झरना सम्म लैजानको लागि यो सडकको निर्माण गरिएको गाँउ पालिका अध्यक्ष अशोक कुमार कार्कीले बताउनुभयो  ।

यो सडक निर्माण सम्पन्न भएपछि लिखु गाउँपालिका र चम्पादेवी गाउँपालिकाको पर्यटन विकासमा योगदान पुग्ने विश्वास रहेको छ । सडक निर्माण सम्पन्न गर्न लिखुमा नै १८ सय मिटर भन्दा बढी बाँकी  छ । चम्पादेवी गाउँपालिकाको भागमा पनि सडक निर्माण र सडक स्तरोन्नती गर्नुपर्ने अवस्था रहेको छ ।

यो पटकको बजेट कम भएकाले समयमा सडक निर्माण सम्पन्न नहुने पालिका अध्यक्ष कार्कीले बताउनु भयो । कोशी प्रदेशले बजेटलाई निरन्तरता वा एकैपटक काम सम्पन्न हुने गरी बजेटको ब्यवस्था गरिदिए सडकको समयमै लाभ लिन सकिने प्रमुख कार्कीले आशा ब्यक्त गर्नु भएको छ ।


प्रतिक्रिया