झगनखबर
फागुन ३ । ओखलढुंगा जिल्लाको
मोलुङमा स्कारपियो दुर्घटना हुदा चालकको
मृत्यु भएको छ । दुर्घट्ना हुदा चालक मोरङ
पथरी नगरपालिकाका गणेश रसाईलीको मृत्य भएको हो । मोलुङ हाईड्रोपावर कम्पनीका कर्मचारी चढेको
स्कारपियो मोलुङ गाउँपालिका ५ ओखरबोट स्थित सडक खण्डमा दुर्घटना भएको हो
। विहिबार दिउँसो करिब १ बजेको समयमा भएको दुर्घटनामा ५
जना घाइते भएका छन् । तेह्रथुमको मेन्छयाम
गाउँपालिका ५ का ३२ वर्षीय यज्ञप्रसाद निरौला, भक्तपुरको
सल्लाघारी बस्ने ३८ वर्षीय मित्रलाल भुर्तेल, सिन्धुलीका
४५ वर्षीय सन्देश कार्की, सुनसरीको रामधुनी नगरपालिका ४ का ३२
वर्षीय अर्जुन दाहाल र मोलुङ गाउँपालिका ५ बस्ने ४० वर्षीय कुमार कार्की घाइते
भएका छन् ।
घाइतेमध्ये मित्रलाल भुर्तेल, सन्देश कार्की र कुमार कार्की गम्भीर छन् । गम्भीर घाइतेहरुलाई आजै फिस्टेल हेलिकोप्टरबाट थप उपचारका लागि काठमाडौँको हेम्स अस्पताल पठाइएको जानकारी दिएका छन् ।
बा २० च ४८६२ नम्बरको स्कारपियो प्राप्चाबाट खोलाखर्क तर्फ आउदैँ गर्दा टर्निङमा अनियन्त्रित भई सडक बाट अन्दाजि १०० फिट तल झरी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।