मेष राशिको लागि यो महिनामा
छरछिमेकमा सम्पन्न हुने धार्मिक र शुभ कार्यमा संलग्न हुनु पर्नेछ । आफ्नै
दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । स्थान परिवर्तनका विशेष योग
देखिन्छन् । आजको श्रमबाट पछिलाई फाइदा पुग्न सक्छ । महत्त्वाकाङ्क्षी योजना गोप्य
राखेर अघि बढ्नुहोला । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । यो महिनाको लागि शुभ
अङ्क १,६ र शुभ
रङ्ग रातो वा निलो हो । कुनै शुभकर्म गर्नु अघि विष्णुभगवानको स्मरण गरि यात्रा
गर्नाले अधिक सफलता मिल्नेछ ।
वृष M इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
यो महिनामा शुभकार्यमा सरिक भइनेछ । लामो
यात्रा सुखद् र सफल हुनेछन् । विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । वैदेशिक
क्षेत्रबाट सफलता मिल्नेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय छ
। मध्य महिनाबाट आफ्नो विचार विपरित निर्णय हुनेछ । बाटो काट्दा वा यात्रा गर्दा
सचेत हुनुपर्छ । आर्थिक नोक्सानी पनि हुन सक्छ । यो महिनाको लागि शुभ अङ्क १, ७ र शुभ रङ्ग हल्का
गुलाबी वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व महामृत्युञ्जय भगवानको ध्यान गरि
आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
मिथुन राशिका लागि माघ महिनामा
तपाईंको राशिबाट आठौँ भावमा सूर्यले भ्रमण गर्नाले त्यति राम्रो फल मिल्नेछैन ।
व्यर्थको सास्ति खेप्नु पर्नेछ । अरूको वचन टाल्न नसक्दा दुःख पाइनेछ र खर्च पनि
हुनेछ । महिनाको अन्त्यमा काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । सद्विचारले
अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ । यो महिनाको लागि शुभ अङ्क ६,७ र शुभ रङ्ग सेतो वा हरियो हो
। कुनै शुभकर्म गर्नु अघि हनुमानजीको स्मरण गरि यात्रा गर्नाले अधिक सफलता मिल्नेछ
।
यो महिना इच्छा र आकाङ्क्षा पूर्ण हुनसक्छ
। सामाजिक मान प्रतिष्ठा मिल्नुका साथै कला साहित्यका क्षेत्रमा विशेष लगाव रहनेछ
। रमाइलो भेटघाट हुनेछ । मुद्दा मामिलामा सफलता पाइनेछ । महिनाको उत्तरार्धबाट
अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्नेछ । नजिकका व्यक्तिबाट कार्यमा बाधा
आउला । महत्त्वपूर्ण अवसर गुम्न सक्छ । यो महिनाको लागि शुभ अङ्क ५,९ र शुभ रङ्ग पहेँलो
हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि महादेवको आरधना गरि कार्य
आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।
सिंह राशिका लागि माघ महिना
लाभदायी रहनेछ साथै आर्थिक वृद्धि हुने देखिन्छ । राजनैतिक क्षेत्रमा सफलता
मिल्नेछ । जोशजाँगर र हिम्मत बढ्ला । प्रेमीबाट विशेष सहयोग मिल्नेछ । व्यावसायिक
काममा राम्रै फड्को मार्न सकिनेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । विशिष्ट
व्यक्तिको सहयोग प्राप्त हुनेछ । वैदेशिक यात्राको योग पनि बन्नेछ । यो महिनाको
लागि शुभ अङ्क १,९ र शुभ
रङ्ग पहेँलो वा नीलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि शिवजीको
स्मरण गरि कार्य आरम्भ गर्दा अधिक लाभ हुनेछ ।
यो महिना समग्रमा सकारात्मक महिना रहेको छ
। पारिवारिक सुख मिल्नुका साथै सुखद् यात्राका अवसर पनि प्राप्त हुनेछन् । शैक्षिक
क्षेत्रबाट सामान्य सफलता मिल्नेछ । ठूला व्यक्तिले तपाइको मेहनतको प्रशंसा
गर्नेछन् । कला र गलाको प्रभाव बढ्दै जानेछ । कूटनीतिक नियोगको सहयोग मिल्नेछ ।
ब्यापार व्यवसायबाट आम्दानी हुनेछ । यो महिनाको लागि शुभ अङ्क ३, ८ र शुभ रङ्ग निलो
वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व विघ्नहर्ता गणेशजीको दर्शन गरि गरेको
कार्यबाट अधिक सफलता मिल्नेछ
तुला राशिको लागि यो महिनामा मिश्रित फल
मिल्नेछ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नसक्छ । आफ्नो अधिकार प्राप्तिका
लागि केही संघर्ष गर्नु पर्नेछ । अनावश्यक र नियमित खर्चसमेत बढ्ने योग छ ।
महिनाको उत्तरार्ध बाट ठीक समयमा सही निर्णय लिन सकिनेछ । नयाँ र शुभ कार्यको योग
समेत रहेको छ । यो महिनाको लागि शुभ अङ्क १, ४ र शुभ रङ्ग हल्का पहेँलो वा रातो हो ।
शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि भगवान श्रीकृष्णजीको स्मरण गरि कार्य
आरम्भ गर्दा शुभ फल प्राप्त हुनेछ ।
वृश्चिक राशिका लागि माघ महिनामा राम्रो फल
मिल्नेछ । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न
रहनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । नजिकका व्यक्तिको सहयोगबाट कार्य
पुरा हुनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । वैदेशिक यात्राको योग छ ।
यो महिनाको लागि शुभ अङ्क ४, ९ र शुभ रङ्ग सेतो वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व वा
यात्रामा जानु अघि सूर्य भगवानको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।
धनु राशिका लागि माघ महिना
इच्छा र आकाङ्क्षा पूर्ण हुने भएको छ । लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा
हुनेछन् । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । शुभारम्भको चर्चा चल्नेछ । विशिष्ट
व्यक्तिको भेटघाटले मन प्रसन्न हुनेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै
दाम्पत्य सुखमा रमाउने समय छ । यो महिनाको लागि शुभ अङ्क ४, ६ र शुभ रङ्ग हरियो वा पहेँलो
हो । कुनै शुभकर्म गर्नु पूर्व महालक्ष्मीजीको दर्शन गरि कार्य आरम्भ गर्दा अधिक
सफलता मिल्नेछ ।
मकर राशिका लागि माघ महिना शुभ
र नयाँ कार्यको थालनी हुनेछ । बोलीको भरमा कार्य सम्पादन हुनेछ । वाहन लाभ हुने
समय छ । जोश जाँगर र हिम्मत बढ्नेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउला । कार्य
सम्पादनमा सहजता मिल्नेछ । व्यापार व्यवसायमा औसत लाभ हुनेछ । सजिलै अरुको विश्वास
जित्न सकिनेछ । यो महिनाको लागि शुभ अङ्क १, ७ र शुभ रङ्ग सेतो वा केशरी हो
। कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आफ्नो इष्ट देवताको स्मरण गरि
कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।
कुम्भ राशिका जातकका लागि माघ महिनामा
स्वास्थ्यमा तथा सौन्दर्यतामा धन खर्च हुनेछ । राजनैतिक कार्यमा बाधा आउनेछ ।
महिनाको मध्यबाट नसोचेको ठाउँबाट धनागम हुनेछ । ठूला व्यक्तिले तपाइको मेहनतको
प्रशंसा गर्नेछन् । शुभ समाचार सुन्न पाइएला । शैक्षिक क्षेत्रमा सामान्य सफलता
मिल्नेछ । कला र गलाको प्रभाव बढ्नेछ । यो महिनाको लागि शुभ अङ्क ४, ९ र शुभ रङ्ग रातो
वा गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व गणेशजीको दर्शन गरि गरेको कार्यबाट अधिक
सफलता मिल्नेछ ।
मीन राशिका लागि माघ महिनामा धार्मिक कार्य
वा शुभ कार्य हुनेछ । सभासमारोहमा सरिक हुने सम्भावना छ । जटिल ठानिएको कामसमेत
सम्पादन हुनसक्छ । विवाद र प्रतिस्पर्धामा सफलता मिल्नेछ । रोकिएका काम पुनः सुरु
हुन सक्छन् । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । घर, जग्गा खरिद तथा
बिक्रीको योग छ । यो महिनाको लागि शुभ अङ्क ३,७ र शुभ रङ्ग पहेँलो वा रातो हो । कुन
शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि बगलामुखीको ध्यान गरि आरम्भ गर्दा
अत्यन्त लाभ प्राप्त हुनेछ ।
ज्यो.प.
नारायणप्रसाद दुलाल