राजकुमार कार्की
चैत २८ । जिल्ला समन्वय समिति ओखलढुंगाका प्रमुख टेकराज भट्टराईको नेतृत्वमा
जिल्लाका योजना कार्यान्वयन गराउन मन्त्रालयमा डेलीगेसन गएका छन् । कोशी प्रदेश
अन्तरगतका मन्त्रालयमा जिल्लाका विभिन्न योजनाहरु सन्चालन र कार्यान्वयनका लागि
माग गर्दै बिहिबार डेलीगेसन गएका हुन् । जिल्ला सभाले प्रस्ताव गरेका र पास गरेका
योजनाहरुको कार्यान्वय गर्न आवश्कय बजेटको व्यवस्थाको माग गर्दै मन्त्रालयहरुमा
डेलीगेसन गएको जिसस प्रमुख भट्टराईले बताउनु भयो ।
भौतिक पूर्वाधार
मन्त्रालय, स्वास्थ्य मन्त्रालय, सामाजिक विकास मन्त्रालय र उद्योग, कृषी तथा सहकारी
मन्त्रालयमा योजनाको बजेट ब्यवस्थापन गर्न माग गरिएको छ । जिल्लाभित्रका विभिन्न
पर्यटन विकास तथा भौतिक निर्माणका योजनाहरु सम्पन्न गर्न बजेट ब्यवस्थापनको माग
गर्दै डेलीगेसन गएको सदस्य गोपालमान थापाले जानकारी दिनुभयो । जिल्लाको जलजलेश्वर
महादेव मन्दिर निर्माण गरी पर्यटन विकास गर्न र जिल्ला समन्वय समितिको हाताभित्र
सुविधा सम्पन्न सभाहल निर्माण गर्न बजेटको बजेट व्यवस्थापनका लागि भौतिक पूर्वाधार
मन्त्रालयमा माग गरिएको छ । त्यसै गरि जिल्लाको शैक्षिक गुणस्तर बृद्धिका लागि
आधारभूत तह (१–३) नयाँ पाठ्यपुस्तक छपाइका लागि आवश्यक बजेट व्यवस्थापन गर्न माग गरिएको
छ ।
त्यसै गरी जिल्ला
अस्पताल रुम्जाटारलाई स्तारोन्नती गर्दै १०० बेडको बनाउन, निरन्तर अप्रेशन
थिएटर (इत्) सन्चालन गर्न, एक्स–रे मेसिन खरिद गर्न र एम्बुलेन्स खरिदका लागि आवश्यक बजेटको व्यवस्थापन
गर्न स्वास्थ्य मन्त्रालयमा माग गरिएको छ
। जिल्लामा रहेका आठैवटा स्थानीय तहमा
कृषी उपज संकलन केन्द्र निर्माण गर्न उद्योग, कृषी तथा सहकारी मन्त्रालयमा मागपत्र
बुझाइएको छ ।
ओखलढुंगा जिल्लाको यो आर्थीक वर्षमा बसेको
जिल्लासभाले प्रस्ताव गरेका र पास गरेका योजनाहरुको कार्यान्वयन गर्न माग गर्दै
प्रदेश मन्त्रालयहरुमा डेलीगेसनमा गएको प्रमुख भट्टराईले बताउनु भयो ।
मन्त्रीहरुले अबको आर्थीक वर्षमा बजेटको व्यवस्थापन गरी योजनाहरु कार्यान्वयन
गराउने प्रतिबद्धता जनाएको उपप्रमुख तारादेवी कार्कीले जानकारी दिनुभयो । जिल्ला
समन्वय समितिका प्रमुख टेकराज भट्टराईको नेतृत्वमा उपप्रमुख तारादेवी कार्की, सदस्य गोपालमान थापा, अस्पताल व्यवस्थापन
समिति सदस्य इच्छाकुमारी गुरुङ लगायतको टिम डेलीगेसन गएको प्रमुखका स्वकीय सचिव
लिला बहादुर सुनुवारले जानकारी दिनुभयो ।