पहिरोका कारण जोखिममा परेको बस्तीको अनुगमन


राजकुमार कार्की

असार ६ । सिद्धिचरण नगरपालिका११ स्थित पहिरोले बस्ती जोखिममा परेको बस्तीको जिल्ला समन्वय समितिका प्रमुख टेकराज भट्टराईले अनुगमन गर्नुभएको  छ । मिलनचोक देखि लामीसोती रुम्जाटार जाने सडकमा पहिरोले जोखिममा परेको बस्तीको अनुगमन गर्नुभएको हो । मिलनचोक निशंखे जाने सडकबाट आएको भलका कारण गएको पहिरोले क्षेति गरेको छ । रुम्जाटार जाने सडक भन्दा मुनी करिब १४÷१५ घरपरिवार जोखिममा रहेको बताएका छन् । भने निशंखे जाने सडक भन्दा मुनी र रुम्जाटार जाने सडकको माथीपटी पनि ८÷९ घरधुरी जोखिममा रहेको स्थानीयबासीले जानकारी दिएका छन् । सडकभन्दा मुनीको राज तामङको घर उच्च जोखिममा रहेको छ । उक्त  पहिरो तत्काल नियन्त्रण नगरे अझ ठुलो क्षेति हुने संभावना रहेको निमित्त जिल्ला समन्वय अधिकारी नरनाथ दाहालले बताउनुभयो । पहिरोका कारण ठुलो क्षति हुने भएकाले तत्काल पहिरो नियन्त्रण र रोकथाम गर्न स्थानीयबासीले आग्रह गरेका छन् । पहिरो नियन्त्रण गर्न आवश्यक पहल गर्ने जिसस प्रमुख भट्टराईले बताउनु भयो ।


प्रतिक्रिया