ओखलढुंगा १७, चैत । हावाहुरी र वर्षा सँगै परेको
चट्याङ लागेर एकजनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन् । जिल्लाको
चम्पादेवी गाउँपालिका वडा नं ६ स्थित भदौरेकी २० वर्षिय सर्मिला कार्कीको ज्यान
गएको हो । शुक्रबार करिब ४ः१५ बजेको समयमा
खेतमा गहुँ काटीरहेको अवस्थामा वर्षा सँगै
परेको चट्याङ लागेर सर्मिला कार्की र १३ वर्षिय अरुणा कार्की घाइते भएका थिए ।
घाइतेहरुलाई उपचारका लागी रानीवन स्वास्थ्य केन्द्र लगिएको थियो । घाइते सर्मिलाको
उपचारको क्रममा ५ः२० मा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ
। अरुणा कार्कीको अवस्था भने सामन्य रहेको
बताएका छन् । थप अनुसन्धानका लागि प्रहरी चौकी रामपुरबाट प्रहरी निरिक्षकको टोली
घट्नास्थल तर्फ गएको जनाएका छन् ।
१७ चैत २०७९, शुक्रबार ०६:४९ मा प्रकाशित
522