यो साता नयाँ र शुभकार्यको
चर्चा चल्नेछ । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । सामाजिक र राजनैतिक
कार्यमा सफलता मिल्नेछ । पुँजी बजारको लगानीले राम्रै प्रतिफल दिनेछ । दाम्पत्य
सुखमा रमाउने समय छ । साताको अन्त्यमा ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ ।
यो साताका लागि शुभ अङ्क १,७ र शुभ
रङ्ग नीलो वा पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व शिवजीको स्मरण गरी कार्य आरम्भ
गर्दा अधिक सफलता मिल्नेछ ।
वृष
: इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
यो साता अधुरा कामहरू पुरा
हुनसक्छ । मनमा हर्ष, उमङ्ग र
उत्साह छाउनेछ । राजनैतिक र सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ
। लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । बन्धुबान्धव र दाजुभाइको
सहयोग लिनसकिने छ । यो साताका लागि शुभ अङ्क ५,८ र शुभ रङ्ग रातो वा नीलो हो ।
कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि दुर्गाजीको ध्यान गरी कार्य आरम्भ
गर्दा अधिक लाभ मिल्नेछ ।
साताको सुरुवाती दिनमा अपजस मिल्नसक्ने
भएकाले सजग रहनुपर्ला । नियमित खर्चसमेत बढ्ने योग छ र शिक्षामा वाधा आउनेछ ।
मङ्गलबारबाट रमाइलो यात्राको योग रहेको छ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ ।
भक्ति र आस्था पनि बढ्नेछ । यो साताका लागि शुभ अङ्क ४,९ र शुभ रङ्ग गुलाबी
वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व विघ्नहर्ता गणेशजीको पूजा अर्चना गरि
गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।
यो साता घरमा अतिथिको आगमन हुनेछ । धार्मिक, सामाजिक र अरुको हित
हुने काममा समय व्यतीत हुनसक्छ । चलाखी पूर्ण बोलीले कार्य सम्पादन हुनसक्छ ।
बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ । रोकिएको धन हाता
पर्न सक्छ र सुखद् यात्राको योग पनि छ । यो साताका लागि शुभ अङ्क १,५ र शुभ रङ्ग सेतो
वा निलो हो । कुन शुभकर्म गर्नु पूर्व माता बगलामुखीको स्मरण गरी कार्य आरम्भ
गर्दा अधिक शुभ फल प्राप्त हुनेछ ।
यो साता एकपछि अर्को अवसर
आउनाले मन प्रसन्न रहनेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । कुनै
कुराले मनमा प्रसन्नता छाउनेछ । शेयर बजार र वाहनबाट लाभ पनि हुनेछ । मध्य सातामा
विचार पुर्याएर निर्णय लिनु राम्रो होला । शेयर बजारको लगानी पनि कमजोर रहला । यो
साताका लागि शुभ अङ्क ३,७ र शुभ
रङ्ग हरियो वा खैरो हो । कुनै शुभकर्म गर्नु अघि महाकालीजीको आरधना गरी यात्रा
गर्नाले सफलता मिल्नेछ ।
यो साता अचल सम्पत्ति हात पर्ने योग छ ।
धार्मिक, सांस्कृतिक
सभासमारोहमा सरिक हुने सम्भावना छ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न
हुनेछन् । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । परीक्षा आदि प्रतिस्पर्धामा
उत्तीर्णहुन सकिनेछ, तर नियमित खर्चसमेत बढ्ने योग छ । यो साताका लागि शुभ अङ्क २,५ र शुभ रङ्ग सेतो
वा बैजनी हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि श्रीकृष्ण भगवानको
दर्शन गरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।
यो हप्ताको सुरुका दिनमा काममा सानातिना
बाधा आउने र काम रोकिनेछ । नयाँ ठाउँमा आर्थिक लगानी गर्नु उपलब्धीमूलक हुँदैन ।
स्वास्थ्य समस्याले पनि पिरोल्न सक्छ । साताको मध्यबाट रमाइलो यात्रा गर्ने अवसर
प्राप्त हुनेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय
छ । यो साताका लागि शुभ अङ्क ३,९ र शुभ रङ्ग घ्यु रङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीको
दर्शन गरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।
यो साता बुद्धिको उपयोग गर्दा जटिल ठानिएको
कार्यहरू सम्पादन हुन सक्छ । इष्टमित्रसित भेटघाट गर्ने अवसर जुट्नेछ । लामो समयदेखिका
बाधाहरू स्वतः फुकुवा हुनेछन् । मनमा उमङ्ग र उत्साह छाउनेछ । वैदेशिक क्षेत्रबाट
सफलता मिल्नेछ । यो साताका लागि शुभ अङ्क १,७ र शुभ रङ्ग खैरो वा पहेँलो हो । कुनै
शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि महालक्ष्मीजीको स्मरण गरी कार्य आरम्भ
गर्दा अधिक लाभ प्राप्त हुनेछ ।
यो साता काम देखाएर अरूको मन लोभ्याउन
सकिनेछ । धार्मिक, सांस्कृतिक र शुभ कार्यमा सरिक हुने सम्भावना छ । परिवारसँग समय
बिताउने अवसर जुट्नेछ । आफन्त सँग रमणीय र सुखद् यात्राको योग छ । मध्य सातामा
स्वास्थ्यमा समस्या बढ्न सक्नेछ । यो साताका लागि शुभ अङ्क २,९ र शुभ रङ्ग गुलाबी
वा पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व दुर्गाजीको दर्शन, पूजा वा स्मरण गरी
कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
यो साता बन्दव्यापारको क्षेत्रमा उन्नति
प्रगतिको वातावरण बन्नेछ । वाहन लाभको योग छ । भौतिक सुखमा बढोत्तरी हुनेछ ।
प्राविधिक र स्वास्थ्य विषयमा सफल हुन सकिनेछ । मध्य सातामा नजिकका व्यक्तिबाट
कार्यमा बाधा आउनेछ । स्वास्थ्य प्रति सजगता पनि अपनाउनु पर्नेछ । यो साताका लागि
शुभ अङ्क ६,९ र शुभ रङ्ग बैजनी वा पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व
देवीजीको स्मरण गर्नाले अधिक सफलता हात पर्नेछ ।
यो साता सुरुको दिनमा मित्रहरूले वचन पूरा
नगर्दा आर्थिक हैरानी बेहोर्नु पर्ला । मानसिक चिन्ता पनि बढ्नेछ । सोमबार बाट भने
लाभदायक र खुसीको यात्रा हुनेछ । अतिथिका रूपमा सम्मान पाइनेछ । साताको अन्त्यमा
घरायसी कामधन्दाका लागि खट्नु पर्नेछ । झन्झटिलो कार्यमा समय खेरा जानसक्छ । यो
साताका लागि शुभ अङ्क ३,८ र शुभ रङ्ग कालो वा खैरो हो । कुनै शुभकर्म गर्नु पूर्व
नवग्रहको स्मरण गरी कार्य गर्दा राम्रो हुनेछ ।
यो साता रोकिएका काम पुनः सुरु हुन सक्छन्
। मित्र जनको साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुने र मन प्रसन्न रहनेछ ।
फलदायी यात्रा र शुभकार्यको चर्चा चल्नेछ । धर्म कर्म, परोपकार, समाजसेवा जस्ता
कार्यमा मन लाग्नेछ । वैदेशिक कार्यबाट लाभ र सफलता मिल्नेछ । यो साताका लागि शुभ
अङ्क २,६ र शुभ रङ्ग
सुन्तला वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व नवदुर्गाजीको दर्शन गरी कार्य
आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
राशिफल जे जस्तो भएपनि तपाईंको यो साता शुभ रहोस् ।
- ज्यो.प. नारायणप्रसाद दुलाल