सेक्युरिटी प्रेस खरिद : भ्रष्टाचार भएको अख्तियारको ठहर, विकल पौडेलसहित नौ जनाविरुद्ध मुद्दा

बैशाख ४ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा जोडिएका सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेललगायतको टिमलाई भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारको कार्यालयले कार्यकारी निर्देशक पौडेललगायत नौ जनालाई विपक्षी बनाई आइतबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

सुरक्षण मुद्रण केन्द्रले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका क्रममा अस्वाभाविक लागत तयार गरी स्वीकृत गर्ने, खरिद सम्झौताविपरीत गुणस्तरहीन इलेक्ट्रिक ट्रान्सफर्मर स्वीकार गर्ने, सम्झौतामा उल्लेख भएभन्दा फरक देशमा उत्पादित जेनेरेटर स्वीकार गरी भुक्तानी गरेको आरोप छ । त्यस्तै, खरिद सम्झौताबमोजिम कामै नगरी संरचना सञ्चालनबापत र आपूर्ति पछिको सेवाबापत अग्रिम रूपमा बढी भुक्तानी दिने र आवश्यकता नै नरहेको र औचित्य पुष्टि हुन नसक्ने बल्क फ्युल ट्यांक सिष्टम खरिदबाट सरकारको सम्पत्ति गैरकानुनी रूपमा हिनामिना गरेको आयोगले बताएको छ । अख्तियारले केन्द्रका कार्यकारी निर्देशक विकल पौडेल, मेकानिकल तर्फका तत्कालीन सिनियर डिभिजनल इञ्जिनियर नवीनकुमार पोखरेल, सहायक निर्देशक रमेशप्रसाद पोखरेल, शाखा अधिकृत मनिकमान महर्जन, लेखा अधिकृत रामबहादुर बुढा, शाखा अधिकृत शिरिष उपाध्याय, इञ्जिनियरिङ मार्केटिङ कन्सर्नका प्रबन्ध निर्देशक रोहितमान प्रधान, मेपटेक विल्डिङ सर्भिसेस प्रालिका निर्देशक भुवन महर्जन, परामर्शदाता वास्तुशिल्प एसोसिएट्सका प्रबन्ध निर्देशक मित्रलाल गुरौविरुद्ध पनि अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

‘(सेक्युरिटी प्रिन्टिङ प्रेस) खरिद कार्यमा अस्वाभाविक लागत अनुमान तयार गरी स्वीकृत गर्ने, खरिद सम्झौताविपरीत गुणस्तरहीन इलेक्ट्रिक ट्रान्सफर्मर स्वीकार गर्ने, सम्झौतामा उल्लेख भएभन्दा फरक कन्ट्री अफ ओरिजिन भएको जेनेरेटर स्वीकार गरी भुक्तानी गर्ने, खरिद सम्झौताबमोजिम कामै नगरी संरचना सञ्चालनबापत र आपूर्तिपछिको सेवाबापत अग्रिम तवरमा बढी भुक्तानी दिने र आवश्यकता नै नरहेको तथा औचित्य पुष्टि हुन नसक्ने बल्क फ्युल ट्यांक सिष्टम खरिद गर्ने कार्य गरी नेपाल सरकारको सम्पत्ति गैरकानुनी तवरले हानि नोक्सानी तथा सरकारी रकम दुरुपयोग गरी सुरक्षण मुद्रणका लागि आवश्यक विद्युतीय पूर्वाधार खरिदमा भ्रष्टाचार गरेको पुष्टि भएको,’ अख्तियारको आरोपपत्रमा उल्लेख छ ।

भ्रष्टाचारजन्य कसुरमा संलग्न देहायबमोजिमका राष्ट्रसेवक कर्मचारीहरु अन्यको हकमा देहायबमोजिम सजायको मागदावी लिई भ्रष्टाचार निवारण ऐन२०५९ को दफा ३६ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन२०४८ को दफा १८ तथा  दफा ३५ बमोजिम आज बिशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।

सि.नं

नामथर

कार्यालय

बिगो रु.

कसुर तथा सजायको मागदाबी

1.   

कार्यकारी निर्देशक विकल पौडेल

सुरक्षण मुद्रण केन्द्र

रु.६९,०८,८१,८५४।७०

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ (१) को खण्ड (क), (ख), (ङ) र (च) बमोजिमको कसुरमा सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगो बमोजिम जरिवाना गरी बिगोसमेत असुल उपर हुन मागदावी लिइएको छ।

2.   

सी.डी.ई. नविन कुमार पोखरेल (मेकानिकल)

तत्कालीन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट सुरक्षण मुद्रण केन्द्रमा प्रतिनिधि हाल वन तथा वातावरण मन्त्रालय, सिंहदरबार

रु.४९,४६,३५,९४५।७०

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ (१) को खण्ड (क), (ख) र (ङ) बमोजिमको कसुरमा सोही ऐनको दफा ८ को उपदफा () बमोजिम कैद बिगो बमोजिम जरिवाना गरी बिगोमेत असुल उपर हुन मागदावी लिइएको छ।

3.   

सहायक निर्देशक रमेश प्रसाद पोखरेल

तत्कालीन सुरक्षण मुद्रण केन्द्रमा प्रतिनिधि र हाल राष्ट्रिय सूचना प्रबिधि केन्द्र, सिंहदरबार

रु.२०,३८,९३,८२७।६३

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ (१) को खण्ड (क) बमोजिमको कसुरमा सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगो बमोजिम जरिवाना गरी बिगोसमेत असुल उपर हुन मागदावी लिइएको छ।

4.   

शाखा अधिकृत मनिकमान महर्जन

तत्कालीन सुरक्षण मुद्रण केन्द्रमा शाखा अधिकृत र हाल राष्ट्रिय समावेशी आयोग

रु.३,४४,६८,७२९।-

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ (१) को खण्ड (क) बमोजिमको कसुरमा सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगो बमोजिम जरिवाना गरी बिगोसमेत असुल उपर हुन मागदावी लिइएको छ।

5.   

लेखा अधिकृतवाट सेवानिवृत्त राम बहादुर बुढा

तत्कालीन सुरक्षण मुद्रण केन्द्र

रु.१९,८८,९४,२८९।३२

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ (१) को खण्ड (ङ) र (च) बमोजिम कसुरमा सोही ऐनको दफा ८ को उपदफा () बमोजिम कैद बिगो बमोजिमको जरिवाना गरी बिगोसमेत असुल उपर हुन मागदावी लिइएको छ।

6.   

शाखा अधिकृत शिरिष उपाध्याय

तत्कालीन सुरक्षण मुद्रण केन्द्र र हाल जिल्ला समन्वय समिति काठमाडौं

रु.४०,०१,३९,७३६।-

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ (१) को खण्ड (क) र (च) बमोजिमको कसुरमा सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगो बमोजिम जरिवाना गरी बिगोसमेत असुल उपर हुन मागदावी लिइएको छ।

7.   

प्रबन्ध निर्देशक रोहित मान प्रधान

इन्जिनियरिङ्ग मार्केटिंग कन्सर्न प्रा.लि.

रु.२३,४४,९६,९२१।३२

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८(४) बमोजिमको कसुरमा सोही ऐनको दफा ८ को उपदफा (४) बमोजिम सजाय गरी पाउन  मागदाबी लिइएको छ।

8.   

निर्देशक भुवन महर्जन

मेपटेक विल्डिंग सर्भिसेस प्रा.लि.

रु.४३,५७,४२,३६८।-  

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८(४) बमोजिमको कसुरमा सोही ऐनको दफा ८ को उपदफा (४) बमोजिम सजाय गरी पाउन मागदाबी लिइएको छ।

9.   

प्रबन्ध निर्देशक मित्र लाल गुरौ

परामर्शदाता वास्तुशिल्प एसोसिएट्स

रु. ८,६९,०९७।३८

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८(४) बमोजिमको कसुरमा सोही ऐनको दफा ८ को उपदफा (४) बमोजिम सजाय गरी पाउन मागदाबी लिइएको छ।

 

प्रतिक्रिया