झगनखबर
पुस २४ । कोशी प्रदेशका नवनिर्वाचित
सभामुख अम्बरबहादुर विष्टले शपथ लिनुभएको छ । प्रदेश प्रमुख परशुराम खापुङले
प्रदेशसभाका नवनिर्वाचित सभामुखलाई मंगलबार शपथ गराउनुभएको हो । प्रदेश प्रमुख
खापुङले प्रदेश प्रमुखको कार्यालय विराटनगरमा आयोजित एक विशेष समारोहबीच सभामुख
विष्टलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको बताएका छन् । प्रदेशसभाबाट निर्वाचित
सभामुख विष्ट प्रदेशसभाको नियमावली–२०७४
को नियम ८ बमोजिम शपथ गराइएको हो ।
शपथ समारोहमा प्रदेशका मुख्यमन्त्री
केदार कार्की, निवर्तमान तथा पूर्वमुख्यमन्त्री
क्रमशः हिक्मतकुमार कार्की,
उद्धव थापा र राजेन्द्र राई, पूर्वसभामुख, प्रदेशका मन्त्री, प्रदेशसभाका सदस्य, सुरक्षा निकायका प्रदेश प्रमुख र
विभिन्न राजनीतिक दलका कार्यकर्ताको उपस्थिति रहेको थियो ।
यसअघि आज बसेको प्रदेशसभाको बैठकमा
प्रदेशसभा नियमावाली, २०७४ (पहिलो संशोधन समेत)को नियम ७
बमोजिम भएको निर्वाचनमा गठबन्धन दल र नेकपा (एमाले) को सहमतिमा सभामुख विष्ट
निर्विरोध निर्वाचित हुनुभएको छ । विष्ट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)
बाट प्रदेशसभा सदस्य हुनुभएको हो ।