झगनखबर
फागुन २५ । कपिलवस्तुबाट काठमाडौँतिर
आउँदै गरेको लु २ ख २१२१ नम्बरका यात्रुवाहक बस धादिङमा त्रिशुली नदिमा खसेको छ ।
बस दुर्घटनामा परी ६ जनाको ज्यान गएको छ भने ३५ जना भन्दा बढी घाइते भएका छन् ।
धादिङ जिल्लाको गजुरी गाउँपालिका वडा नं ५
घाटबेँसीमा दुर्घटनामा परेको थियो ।
बस पृथ्वीराजमार्गबाट करिब एक सय मिटर
तल त्रिशूली नदीमा खसेको हो । घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तथा स्थानीय उद्धारमा
खटिरहेका छन् । सशस्त्र प्रहरी, विपद्
व्यवस्थापन तालिम शिक्षालय कुरिनटार चितवनको टोली पनि उद्धारमा पुगेको छ ।
बस चालक रूपन्देही लुम्बिनी संस्कृति
नगरपालिका वडा नं ९का ३८ वर्षीय हरिराम हरिजनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मृतकको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक
गौतम केसीले जानकारी दिनुभयो।