झगनखबर
चैत १८ । ओखलढुंगा जिल्लाको
जन्तरखानीमा घरमा आगलागी हुँदा १० लाख भन्दा बढीको क्षति भएको छ । आगलागीले
घरभित्र भएका सम्पुर्ण सामग्रीहरु जलेर नष्ट भएको हो । सिद्धिचरण नगरपालिका वडा नं
६ स्थित रांगेलका काजी शेर्पाको घरमा आगलागी भएको थियो । ढुंगामाटोले बनेको जस्ताको
छानो भएको शेर्पाको घरमा शनिबार राती कबि १० बजेको समयमा आगलागी भएको थियो । आगलागी
भएपछि स्थानियबासी र प्रहरीको सहयोगमा राती करिब १ बजेको समयमा नियन्त्रणमा लिइएको
थियो । आगलागीबाट कुनै मानविय र पशुचौपायाको क्षति नभएको जिल्ला प्रहरी कार्यालय
ओखलढुंगाले जनाएको छ । आगलागी के कारणले भएको हो थप अनुसन्धान भईरहेको प्रहरीले
जनाएको छ ।
१८ चैत २०८०, आईतबार ०८:३० मा प्रकाशित
1056