ओखलढुंगा १६, चैत । जिल्ला प्रशासन कार्यालय
ओखलढुंगाले रमाईलो डाँडास्थित बजार अनुगमन गरेको छ । बिहिबार सहायक प्रमुख जिल्ला
अधिकारी सन्ध्या सिग्देलको नेतृत्वमा बजार अनुगमन गरिएको हो । उपभोक्ताहरुको
स्वास्थ्यलाई ख्याल गर्दै म्याद नाघेका अखाद्य वस्तु,नियम विपरीत राखिएका वस्तुहरुको मुल्य
नियन्त्रणका लागी बजार अनुगमन गरिएको हो । अनुगमन बाट ५५ हजार ४ सय २६ रुपैयाँ रकम बराबरको म्याद नाघेका
सामग्रीहरु बरामद गरी नष्ट गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । म्याद
नाघेका वस्तुहरु दैनिक उपभोग्य रहेको र प्रायजसो बच्चाहरुले प्रयोग गर्ने
सामग्रीहरु भएको जानकारी दिएका छन् । अनुगमनमा सिद्धिचरण नगरपालिका सहित
सरोकारवाला कार्यालयका प्रमुख एवं प्रतिनिधीहरुको उपस्थिती रहेको थियो । बरामद
गरिएका वस्तुहरुलाई वडानं. १२ स्थित गोसखानमा जलाई नष्ट गरिएको छ । अनुगमनको
क्रममा म्याद नाघेका खाद्य सामग्रीहरु नराख्न र गुणस्तर, नापतौलमा ध्यान दिन तथा ब्यावसायीले
सम्बन्धित निकायमा दर्ता गरेको कागजपत्र, साइनबोर्ड
सबैले देख्ने ठाउँमा राख्न पनि निर्देशन दिईएको छ ।