बृद्ध महिलाको हत्यारोपमा नाबालक सहित ३ पक्राउ


झगनखबर

 पुस ४ । जिल्लाको मोलुङ्ग गाउँपालिकामा बृद्ध महिलाको हत्या गरेको आरोपमा एक जना नाबालक सहित तिन जना पक्राउ परेका छन् । मोलुङ्ग गाउँपालिका, चेस्को बस्ने ८२ वर्षीय बालामाया सुनुवारको हत्यारोपमा मंगलबार पक्राउ गरिएको हो । मोलुङ्ग गाउँपालिका५ बस्ने १९ वर्षीय टुक बहादुर कटवाल, सोही गाउँपालिका३ का २५ वर्षीय मान बहादुर भुजेल र एक जना १६ वर्षका नाबालकलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

आफ्नै घरको निदालमा झुन्डीएको अवस्थामा मंसिर ३० गते स्थानियबासीले फेला पारी प्रहरीलाई खबर गरेका थिए । घट्ना स्थलमा पुगेको प्रहरी टोलीले झुन्डीएको अवस्थामा भएको बृद्ध महिलाको आत्मा हत्या नभई हत्या भएको आशंका गरेको थियो । घटनाको प्रारम्भिक अनुसान्धानबाट आत्माहत्या नभई हत्या हुनसक्ने अनुमान गरी अनुसन्धान गर्दै जाँदा नीजहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

निज बलमाया घरमा एक्लै बस्दै आउनु भएको थियो । बृद्ध महिला एक्लै भएको मौका छोपी लुटपाट गर्ने उदेश्यले हत्या गरी झुन्ड्याई ढोका बाहिरबाट चाबी लगाइदिएका  थिए । जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका अनुसार, मंसिर २८ गते बिहिबार बेलुकी करिब ८÷९ बजेको समयमा बृद्ध महिलालाई बाहिरबाट ढोका खोल्न बोलाएका थिए । निज बृद्ध महिलाले भित्रबाट ढोका खोलेपछि भित्र छिरेका तिन जना आरोपीहरुले ढुङ्गा प्रहार गरी बेहोस बनाएका थिए । बेहोस भई भुँइमा ढलेकी बृद्ध महिलाको घाँटी थिचेर हत्या गरी झुन्ड्याएका थिए । हत्या गरेपछि मृतक सुनुवारको घाँटीमा प्लाष्टिकको डोरी लगाई सुनवारकै घरको निदालमा झुन्ड्याई बाहिरबाट ढोकामा चाबी लगाई दिएका थिए । मृतक सुनुवारको नाँक, कान, घाँटीमा भएको सुन र चाँदीको माला र पैसा समेत लिएर फरार भएका थिए ।

हत्या गरी धनमाल लुटेर फरार अवस्थामा रहेका आरोपीहरुलाई प्रहरीले खोजी गरिरहेको थियो । खोजी गर्ने क्रममा प्रहरीले उक्त ओरोपीहरुलाई मंगलबार पक्राउ गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कर्यालय ओखलढुंगाले जनाएको छ । घटना २८ गते घटेपनि स्थानियबासीले ३० गते मात्रै थाहा पाएका थिए । घरबाहिर बाट ढोकामा चाबी लगाएकाले कोही आफन्तको गएको होला भन्ने आशंकाले समयमै खोजी नगरिएको स्थानियबासीको भनाई रहेको छ ।

प्रतिक्रिया