बुद्धिमान मानिसले गधाबाट सिक्नै पर्ने तिन गुणहरु


२४ चैत । गधा दिनभरि भारी बोकेर थाकेको भएपनि म थाकेँ भन्दैन, उसले भारी बोकेकै हुन्छ । मानिसले आफ्नो लक्ष्यमा पुग्नुछ भने अल्छी नगरी आफ्नो लक्ष्य प्राप्त गर्न र सफल्ता पाउन सधैँ प्रयत्नशिल रहनुपर्दछ, कर्तब्यको बाटो कहिल्यै बिर्सनु हुदैन ।

काम पूरा गर्न ठण्डी, गर्मीको पर्वाह नगर्नु  । गधाले कुनै पनि मौसमको वास्ता गर्दैन, उसलाई जति नै ठुलो भारी बोकाए हिँडाए पनि उ हिँडी नै रहन्छ । घाम पानीको वास्ता गर्दैन । सन्तुष्ट भईरहन्छ । ठुलो भारी बोकेर हिँडीरहेको बेलामा पनि हरियो घाँस भेट्यो भने उ खुशिका साथ चर्छ । उ आफुले बोकेको ठुलो भारीको मतलब राख्दैन । त्यस्तै बुद्धिमान ब्यक्तिले भोक, प्यास, सर्दी, गर्मीको परवाह नगरी सन्तोषी भएर, फलको आशा नगरी याथावत कर्ममा लागिरहनु पर्दछ ।

नथाक्नु, अल्छी नगर्नु, सन्तोषी बन्नु यि तिन गुण गधामा निहित हुन्छ । यिनै तिन गुण मानिसले गधाबाट सिक्न सकिन्छ ।

चाणक्य   

प्रतिक्रिया