बाढी पहिरो डुबानका कारण २ सय ९ जनाको मृत्यु, २९ जना बेपत्ता


असोज १५। असोज १० देखि १२ गते सम्म आएको अबिरल वर्षाका कारण बाढी, पहिरो र डुवानमा परी देशका विभिन्न ठाउँमा २ सय ९ जनाको मृत्यु भएको छ, २९ जना बेपत्ता भएका छन् भने १ सय ४२ जना घाइते भएका छन । गृह मन्त्रालयका अनुसार बेपत्ता भएका नागरिकहरुको खोजी कार्य जारी छ । काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, सिन्धुली, ललितपुर लगायतका ठाउँबाट सेनाको हेलीकप्टर मार्फत ४ सय २५ जना घाइते बिरामी तथा अलपत्र परेका नागरिकहरुको उद्धार गरिएको जनाएको छ ।

अबरुद्ध भएका सडक, टेलीफोन र विद्युत लगायतका अत्याश्यक सेवालाई शिघ्र सुचारु गर्न सम्बन्धित निकायहरु सँग समन्वय गरिरहेको पनि बताएका छन् । संघ प्रदेश र स्थानिय सरकारहरु सँग आपतकालीन राहत शिघ्र उपलब्ध गराउने कार्यका लागि समन्वय भईरहेको गृह मन्त्रालयले जनाएको छ । धनको क्षतिको बारेमा भने एकीन विवरण सार्वजनिक गर्न अझै सकेको  छैन ।  


प्रतिक्रिया