२०७९ साल पौष २ गते देखी ८ गते सम्मको साप्ताहिक राशिफल


मेष M चु, चे, चो, ला, लि, लु, ले, लो,

यो साता लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । समाजसेवामा मन लाग्नेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । साताको अन्त्यमा दुष्ट व्यक्तिको सङ्गतिले आत्मघाती काम गर्न पुगिएला । यो साताका लागि शुभ अङ्क ६,८ र शुभ रङ्ग हरियो वा गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व महालक्ष्मीजीको दर्शन गरि यात्रा गर्दा अधिक सफलता मिल्नेछ ।

वृष M  , , , , वा, वि, वु, वे, वो

यो हप्तामा नयाँ कार्यको अवसर मिल्नेछ । प्राविधिक र टेक्निकलको कर्यबाट राम्रो प्रतिफल मिल्नेछ । सेतो रङ्गको प्रयोग गर्नाले बढी लाभ मिल्नेछ । साताको उत्तरार्धबाट सहकर्मीबाट विरोध आउला । नियमित खर्चसमेत बढ्नसक्छ । स्वास्थ्य प्रतिकूल पनि हुनसक्छ । यो साताका लागि शुभ अङ्क ४,८ र शुभ रङ्ग रातो हो । कुनै शुभकर्म गर्नु पूर्व नवग्रहको स्मरण गर्नाले सफलता हात पर्नेछ ।

 मिथुन M का, कि, कु, , , , के, को हा

यो साता मन भावुक र उत्ताउलो बन्नसक्छ । शेयर बजार तथा आर्थिक कारोबारमा मन्दी आउनेछ । मन खिन्न हुने स्थिति पनि आउला । मंगलबार पछिका दिनमा सहजता महसुस होला । सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । यो साताका लागि शुभ अङ्क २,९ र शुभ रङ्ग रातो वा सेतो हो । कुनै शुभकर्म गर्नु अघि विष्णुजीको आरधना गरि कार्य गर्नाले अधिक सफलता मिल्नेछ ।

 कर्कट M हि, हु, हे, हो, डा, डि, डु, डे, डो

यो साता धेरै प्रयास पछि जटिल ठानिएको कामसमेत सम्पादन हुनसक्छ । विपरित वर्गबाट विशेष सहयोग मिल्नेछ शेयर बजार, साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । राजनैतिक र समाजिक कार्यबाट राम्रै लाभ मिल्ने देखिन्छ । यो साताका लागि शुभ अङ्क १,६ र शुभ रङ्ग पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व दुर्गाजीको दर्शन गरि कार्य आरम्भ गर्नाले अधिक सफलता मिल्नेछ ।

 

 सिंह M मा, मि, मु, मे, मो, टा, टि, टु, टे

यो साता कुनै कुराले मन निक्कै प्रसन्न हुन सक्छ । शुभ कार्य र नयाँ कार्यको योजना बन्ला । आफन्त या नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन्, तर स्वास्थ्य मापदण्ड भने पूरा गर्नु पर्नेछ । यो साताका लागि शुभ अङ्क २,५ र शुभ रङ्ग पहेँलो वा गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि भैरवजीको दर्शन गर्नाले अधिक सफलता हात पर्नेछ ।

कन्या M टो, पा, पि, पु, , , , पे, पो

यो साता जुक्ति र बुद्धिको प्रयोगले समस्या सुल्झाउन सकिनेछ । आफूले अरुलाई प्रभावित पारेर काम बन्नेछ । कुनै कुराले मनमा शान्ति छाउला । नसोचेको ठाउँबाट धनागम हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । यो साताका लागि शुभ अङ्क २,५ र शुभ रङ्ग पर्पल वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व हनुमानजीको स्मरण गर्नाले अधिक सफलता हात पर्नेछ ।

   तुला M रा, रि, रु, रे, रो, ता, ति, तु, ते

यो साता आत्मबलमा कमी आउनेछ । शेयर बजार तथा व्यवसायमा नोक्सानी बेहोर्नु पर्ला । स्वास्थ्यप्रति सजग रहनु होला । साताको उत्तरार्धबाट नयाँ काम वा रोजगार पाइनेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला । यो साताका लागि शुभ अङ्क २,५ र शुभ रङ्ग रातो हो । कुनै शुभकर्म गर्नु पूर्व विष्णुजीको स्मरण गरि आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

वृश्चिक M तो, ना, नि, नु, ने, नो, या, यि, यु

यो साता बन्धु बान्धवबाट सहयोग मिल्नेछ । लामो समयदेखिका बाधाहरू स्वत: फुकुवा हुनेछन् । शुभकार्यको चर्चा चल्नेछ । प्रेम सम्बन्धमा मधुरता छाउनेछ । अरूलाई प्रभावित पारेर काम बनाउन सकिनेछ । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । सन्तान सुख पनि मिल्नेछ, तर शेयर बजार भने कमजोर रहला । यो साताका लागि शुभ अङ्क १,४ र शुभ रङ्ग निलो हो । कुनै शुभकर्म गर्नु पूर्व दुर्गाजीको आरधना गरि यात्रा गर्नाले अधिक सफलता मिल्नेछ ।

   धनु M ये, यो, भा, भि, भु, धा, फा, ढा, भे

यो हप्ता पुनर्मिलनको योग रहेको छ । सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । प्रेमसम्बन्धका लागि पनि श्रेष्ठ समय रहेको छ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । मध्य सातामा स्वास्थ्य स्थिति कमजोर रहला । अनावश्यक ठाउँमा धन खर्च होला । यो साताका लागि शुभ अङ्क २,८ र शुभ रङ्ग घ्यू रङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व बगलामुखीको दर्शन गरि कार्य आरम्भ गर्नाले सफलता हात पर्नेछ ।

 मकर M भो, जा, जि, जु, जे, जो, , खि, खु, खे, खो

यो साता आँटेको र ताकेको कार्य पुरा होला । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ । विदेशमा रहने व्यक्तिलाई आँटेको कार्यमा सफलता मिल्नेछ । साताको मध्यमा स्वास्थ्य बिग्रन सक्छ । वैचारिक मनमुटाव पनि बढ्नेछ । यो साताका लागि शुभ अङ्क १,९ र शुभ रङ्ग गुलाबी वा निलो हो । कुनै शुभकर्म गर्नु पूर्व विष्णु भगवानको दर्शन गरि कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

   कुम्भ M गु, गे, गो, सा, सि, सु, से, सो, दा

यो साता आँटेको र ताकेको कार्य पुरा होला । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ । विदेशमा रहने व्यक्तिलाई आँटेको कार्यमा सफलता मिल्नेछ । साताको मध्यमा स्वास्थ्य बिग्रन सक्छ । वैचारिक मनमुटाव पनि बढ्नेछ । यो साताका लागि शुभ अङ्क १,९ र शुभ रङ्ग गुलाबी वा निलो हो । कुनै शुभकर्म गर्नु पूर्व विष्णु भगवानको दर्शन गरि कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

   मीन M दि, दु, , , , दे, दो, चा, चि

यो साता आँटेको र ताकेको कार्य पुरा होला । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ । विदेशमा रहने व्यक्तिलाई आँटेको कार्यमा सफलता मिल्नेछ । साताको मध्यमा स्वास्थ्य बिग्रन सक्छ । वैचारिक मनमुटाव पनि बढ्नेछ । यो साताका लागि शुभ अङ्क १,९ र शुभ रङ्ग गुलाबी वा निलो हो । कुनै शुभकर्म गर्नु पूर्व विष्णु भगवानको दर्शन गरि कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

राशिफल जे जस्तो भएपनि तपाईंको यो साता शुभ रहोस् ।

 ज्यो.प. नारायणप्रसाद दुलाल



 

प्रतिक्रिया