यो साता स्वास्थ्य र शिक्षा
राम्रो हुने योग बनेको छ । सामाजिक कार्यमा रुचि बढ्नेछ । धनार्जनका नयाँ स्रोतहरू
पत्ता लाग्नेछन् । धार्मिक कृत्यमा सहभागी बन्नु पर्नेछ । मनोरञ्जनमा सहभागिता
भइएला । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । प्यारो साथी तथा आफन्तसँग समय बित्नेछ
। यो साताका लागि शुभ अङ्क ५,९ र शुभ रङ्ग गुलाबी वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व
दुर्गाजीको स्मरण गरि कार्य आरम्भ गर्दा राम्रो हुनेछ ।
वृष : इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
यो साता सामाजिक कार्यमा रुचि
जाग्नुका साथै यात्राको योग पनि देखिन्छ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ ।
पुँजी बजारमा लगानीको अवसर आउनाले मन प्रसन्न रहनेछ र पछि फाइदा हुनेछ । साताको
मध्यमा मानसिक चिन्ता बढ्नेछ । चोटपटकको भय पनि छ सचेत रहनुहोला । यो साताका लागि
शुभ अङ्क ३,४ र शुभ
रङ्ग सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व महादेवको दर्शन गरि कार्य आरम्भ गर्दा
अधिक लाभ प्राप्त हुनेछ ।
यो सप्ताहमा राजनीतिक कार्यमा
सफलता मिल्नेछ । नयाँ कार्यको अवसर मिल्नेछ । व्यवसायको सन्दर्भमा आदर्श
व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ
। दैनिक कार्य र पढाइमा प्रगति नै हुनेछ । रमणीय र सुखद् यात्राको योग छ । यो
साताका लागि शुभ अङ्क २,३ र शुभ
रङ्ग हरियो वा घिउ रङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीको स्मरण गर्नाले
अधिक सफलता हात पर्नेछ ।
।
यो साता स्वास्थ्यमा समस्या
हुनसक्छ, त्यसैले
सङ्क्रमणबाट आफू पनि बच्ने र अरूलाई पनि बचाउन सहयोग गर्नु होला । महत्त्वपूर्ण
कार्यमा व्यवधान आइपर्ला, तर
आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । बुधवारबाट साथी भाइको भेटघाटले मन प्रसन्न
रहला । यो साताका लागि शुभ अङ्क २,७ र शुभ रङ्ग रातो वा पर्पल हो
। कुनै शुभकर्म गर्नु पूर्व दीनदुखी या असहायलाई सहयोग गर्नाले ग्रह पीडा कम हुनेछ
।
यो साता धार्मिक, सामाजिक र अरुको हित हुने काममा
समय व्यतीत हुनसक्छ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । एउटै कामबाट
दोहोरो लाभ मिल्नेछ । पारिवारिक जमघट र विशिष्ट व्यक्तिको सहयोग पाइनेछ । शेयर
बजारमा गरेको लगानीले पनि राम्रो प्रतिफल दिनेछ । यो साताका लागि शुभ अङ्क १,६ र शुभ रङ्ग खैरो वा गुलाबी
रङ्ग हो । शुभकर्म गर्नु पूर्व श्रीकृष्णजीको स्मरण गरि कार्य आरम्भ गर्दा राम्रो
हुनेछ ।
यो सातामा मनमा उत्साहका साथै
बोली बिक्ने समय छ । नसोचेको ठाउँबाट धनागम हुनेछ । शुभकार्यको चर्चा चल्नेछ ।
नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त
हुनेछ, तर
स्वास्थ्य प्रति चैं सावधानी अपनाउनुपर्छ । यो साताका लागि शुभ अङ्क १,९ र शुभ रङ्ग सुन्तला वा सेतो
हो । कुनै शुभकर्म गर्नु अघि हनुमानजीको आराधना गरि कार्य गर्नाले अधिक सफलता
मिल्नेछ ।
यो साता शुभ कार्यको योजना
बन्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ ।
सेयरको कारोबारमा फाइदा पनि बढ्न सक्छ । साताको अन्त्यमा अनावश्यक ठाउँमा धन खर्च
होला । खानपान र स्वास्थ्यप्रति सजग रहनु होला । यो साताका लागि शुभ अङ्क ६,७ र शुभ रङ्ग सेतो हो । कुनै
शुभकर्म गर्नु पूर्व असहायलाई सहयोग गर्नाले ग्रह पीडा कम हुने र गरेको कामबाट
अधिक सफलता मिल्नेछ ।
यो साताको सुरुका दिनमा मन
भावुक र उत्ताउलो बन्नेछ, सचेत
रहनु होला । केही अप्ठ्यारा परिस्थितिको सामना पनि गर्नुपर्ला । मङ्गलवारबाट
शुभकार्यको चर्चा चल्नेछ । पुँजी बजारमा लगानीको अवसर आउनाले मन प्रसन्न रहनेछ, तर खानपानमा विचार पुर्याउनु
होला । यो साताका लागि शुभ अङ्क २,७ र शुभ रङ्ग पहेँलो वा गुलाबी
हो । कुनै शुभकर्म गर्नु पूर्व नवग्रहको स्मरण गरे राम्रो हुनेछ ।
तो सप्ताह धनार्जनका नयाँ स्रोतहरू पत्ता
लाग्नेछन् । सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । प्रेममा मधुरता छाउला ।
आँटेको र ताकेको कार्य पुरा होला । साताको उत्तरार्धबाट आर्थिक कारोबारमा मन्दी
आउनेछ । सामान हराउने योग पनि छ । स्वास्थ्य प्रति सजग रहनु होला । यो साताका लागि
शुभ अङ्क २,६ र शुभ रङ्ग आकाशे हो । शुभकर्म गर्नु पूर्व भैरवजीको दर्शन
गरि कार्य आरम्भ गर्दा शुभ फल प्राप्त हुनेछ ।
यो साता विपरित वर्गबाट विशेष
सहयोग मिल्ने र शुभ कार्यको योजना बन्नेछ । सामाजिक तथा धार्मिक कार्यमा रुचि
बढ्नेछ । सांगीतिक क्षेत्रमा रुचि बढ्नेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ । साताको
मध्यमा सरकारी निकायको भय रहला । नियमित खर्चसमेत बढ्ने योग छ । यो साताका लागि
शुभ अङ्क ३,५ र शुभ
रङ्ग सिन्दुरे वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व विघ्नहर्ता गणेशजीको दर्शन
गरि कार्य गर्दा सफलता मिल्नेछ ।
यो साता कुनै कुराले मनमा शान्ति छाउनेछ ।
रोकिएका कामहरू पुनः सुरु हुन सक्छन् । मान प्रतिष्ठामा वृद्धि होला । विज्ञान र
प्राविधिक कार्य अघि बढ्नेछ । प्रेम जीवन सबल र सफल हुनुका साथै आम्दानीका नयाँ
स्रोत बढ्नेछन् । यो साताका लागि शुभ अङ्क ७,८ र शुभ रङ्ग रातो वा हरियो हो । शुभकर्म
गर्नु पूर्व वा यात्रामा जानु अघि बगलामुखीको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक
लाभ प्राप्त हुनेछ ।
यो साता लाभहानी, आयव्यय, सुखदुःख बराबरी खाल
कै समय रहेको छ । रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा सफलता मिल्नेछ । साताको
अन्त्यमा व्यस्तता बढ्नुका साथै स्वास्थ्यप्रति सजगता अपनाउनु होला । संक्रमण र
अन्य रोगबाट बच्न साबुन पानीले राम्ररी हात धुनुहोला । यो साताका लागि शुभ अङ्क ३,९ र शुभ रङ्ग सेतो
वा पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व शिवजीको स्मरण गर्नाले राम्रो हुनेछ ।
राशिफल जे जस्तो भएपनि तपाईंको यो साता शुभ रहोस् ।
- ज्यो.प. नारायणप्रसाद दुलाल