यो हप्ता मित्रवर्ग र हितैषीबाट
राम्रो सहयोग मिल्नेछ । रमाइलो र सुखद् यात्राको योग छ । धनार्जनका नयाँ स्रोतहरू
पनि पत्ता लाग्नेछन् । लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । मध्य
साताबाट धर्म तथा समाजसेवामा मन लाग्नेछ । यो साताका लागि शुभ अङ्क ४,९ र शुभ रङ्ग कालो वा खरानी
रङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व विघ्नहर्ता गणेशजीको आरधना गरि गरेको कार्यबाट
अधिक सफलता मिल्नेछ ।
वृष :
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
यो समय निकै उत्साहजनक रहनेछ ।
धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । आँटेको र ताकेको कार्य पुरा हुनेछ ।
मनोरञ्जनमा सहभागिता भइएला । आफन्तहरूसँग भेटघाट हुनेछन् । बुधबारबाट प्रेममा
बाधाका साथै बन्न लागेको काम बिग्रन सक्छ । शैक्षिक क्षेत्र पनि कमजोर रहनेछ । यो साताका
लागि शुभ अङ्क ४,७ र शुभ
रङ्ग खैरो हो । कुनै शुभकर्म गर्नु पूर्व दुर्गाजीको दर्शन गरि कार्य आरम्भ गर्दा
अधिक सफलता मिल्नेछ ।
यो साता सहकर्मीबाट विरोध आउला । यात्रामा
मालसामान हराउन सक्छ । कसैले झुटो आश्वासन पनि दिन सक्छन् । बुधवारबाट इच्छा र
आकाङ्क्षा पूर्ण हुनेछ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । आकस्मिक
र राम्रो धन लाभ पनि हुनेछ । यो साताका लागि शुभ अङ्क २,९ र शुभ रङ्ग गुलाबी
वा पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व भगवतीको दर्शन गरि आरम्भ गर्दा अधिक लाभ
मिल्नेछ ।
यो साता रमाइलो यात्राको योग रहेको छ । आँटेको र ताकेको कार्य पुरा होला । सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । साताको अन्त्यमा बाटो काट्दा वा यात्रा गर्दा सचेत हुनुपर्छ । यो साताका लागि शुभ अङ्क ३,५ र शुभ रङ्ग पहेँलो वा निलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि गणेश भगवानको स्मरण गरि कार्य आरम्भ गर्नाले अधिक सफलता मिल्नेछ ।
यो साता पारिवारिक वातावरण
पूर्णरूपमा सन्तोषप्रद रहनेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । शिक्षामा सफलता
पनि मिल्नेछ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । साताको उत्तरार्धमा प्रतिद्वन्दी
हरूले कार्यमा अवरोध ल्याउन सक्छन् । व्यापार व्यवसायमा वाधा आउनेछ । यो साताका
लागि शुभ अङ्क ३,६ र शुभ
रङ्ग पर्पल वा घिउ रङ्ग हो । शुभकर्म गर्नु पूर्व भगवतीको दर्शन गरि कार्य आरम्भ
गर्दा अधिक सफलता मिल्नेछ ।
यो साता कुनै कुराले मनमा शान्ति छाउनेछ ।
सामाजिक र राजनीति कार्यमा सफलता मिल्नेछ । भौतिक कारोबारमा र शेयरको कारोबारबाट
सफलता मिल्नेछ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । सुखद् यात्राका अवसर पनि
प्राप्त हुनेछन् । यो साताका लागि शुभ अङ्क ४,७ र शुभ रङ्ग निलो वा घिउ रङ्ग हो । कुनै
शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि दुर्गाजीको स्मरण गरि कार्य आरम्भ गर्दा
शुभ फल प्राप्त हुनेछ ।
तुला : रा, रि, रु, रे, रो, ता, ति, तु, ते
यो साताको प्रारम्भिक दिनमा स्वास्थ्यमा
गडबडी भई दैनिक कामकाजमा असर पर्नसक्छ । विपक्षीको छलकपट तथा जालझेलबाट सावधान
रहनुपर्नेछ । अनावश्यक धन खर्च हुनेछ, तर शुभ कार्यको योग पनि छ । बुधबारबाट लामो
समय देखि रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ । यो साताका लागि शुभ अङ्क ६,८ र शुभ रङ्ग कालो
हो । कुनै शुभकर्म गर्नु पूर्व विघ्नहर्ता गणेशजीको पूजा अर्चना गरि गरेको
कार्यबाट राम्रो हुनेछ
यो साता नयाँ वस्त्र, अलङ्कारको प्राप्ति
हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । मनको
डरले सताए पनि व्यवहारमा फाइदा हुनेछ । मध्य सातामा मनमा निराशा र शरीरमा आलस्य
आउला । यो साताका लागि शुभ अङ्क २,९ र शुभ रङ्ग घिउ रङ्ग हो । शुभकर्म गर्नु
पूर्व वा यात्रामा जानु अघि शिवजीको दर्शन गरि कार्य आरम्भ गर्दा अधिक सफलता
मिल्नेछ ।
यो सातामा पुनर्मिलनको योग
रहेको छ । विश्वास गरेकाले साथ दिनेछन् । भोज र मनोरञ्जनमा सहभागिता भइएला । महिला
वर्गबाट विषेश सहयोग मिल्नेछ । अतिथिको रूपमा सत्कार पाइनेछ । कार्य सम्पादनमा
सहजता मिल्नेछ । वित्तीय संस्थाबाट सहयोग पाइनेछ । यो साताका लागि शुभ अङ्क ३,९ र शुभ रङ्ग हरियो वा पहेँलो
हो । कुनै शुभकर्म गर्नु अघि हनुमानजीको आरधना गरि यात्रा गर्नाले अधिक सफलता
मिल्नेछ ।
यो हप्ता नसोचेको ठाउँबाट धनागम
हुनसक्छ । दाजुभाइ, दिदीबहिनीले
तपाईंको सकारात्मक विचारलाई समर्थन गर्नेछन् । सफल यात्राको योग रहनेछ । वैदेशिक
क्षेत्रबाट पनि सफलता मिल्नेछ । धार्मिक तथा सामाजिक कार्यमा रुचि बढ्नेछ, तर स्वास्थ्य प्रति सजगता
अपनाउनु पर्नेछ । यो साताका लागि शुभ अङ्क १,८ र शुभ रङ्ग रातो हो । कुनै
शुभकर्म गर्नु पूर्व दुर्गाजीको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
यो साता नियमको अनुशासनलाई बेवास्ता गर्दा
अवसर र लाभ गुम्न सक्छन् । महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । मान्यजनको
सुझाव अप्रिय पनि लाग्नेछ । साताको मध्यमा रमाइलो यात्राको योग रहेको छ ।
शुभारम्भको चर्चा पनि चल्नेछ । यो साताका लागि शुभ अङ्क ३,८ र शुभ रङ्ग रातो
वा निलो हो । कुनै शुभकर्म गर्नु पूर्व नवग्रहको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक
सफलता मिल्नेछ ।
यो साता प्रसन्नतापूर्वक समय व्यतीत हुनेछ
। नयाँ व्यक्तिसँग भेटघाट होला । पार्टी, पिकनिक तथा मनोरञ्जनमा सहभागी भइएला ।
बन्धु बान्धवबाट सहयोग मिल्नेछ । साताको मध्य भागमा आफूलाई कमजोर भएको अनुभूति
हुनेछ । शेयर बजारबाट पनि नोक्सानी मिल्नेछ । यो साताका लागि शुभ अङ्क १,७ र शुभ रङ्ग खैरो
वा रातो रङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीको आरधना गरि यात्रा गर्नाले
सफलता मिल्नेछ ।
राशिफल जे जस्तो भएपनि तपाईंको यो साता शुभ रहोस् ।
- ज्यो.प.
नारायणप्रसाद दुलाल