असोज १५ । नेपाल सरकारले बाढी, पहिरो र डुवानका कारण भएको जनधनको
क्षतिप्रति दुःख व्यक्त गर्दै तीन दिन राष्ट्रिय शोक घोषणा गरेको छ । सोमबार
प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले
मंगलबारदेखि ३ दिन राष्ट्रिय शोक घोषणा गर्ने निर्णय गरेको हो ।
अबिरल वर्षाका कारण भएको जनधनको
अपूरणीय क्षति प्रति दुःख ब्यक्त गर्दै तीन दिन सम्म राष्ट्रिय शोकको घोषणा गर्ने
र शोकको समयमा सरकारी कार्यालयहरुको झण्डा
आधा झुकाइने प्रकाशित सुचनामा भनिएको छ ।
तर सार्वजनिक बिदा भने हुने छैन ।
प्रधानमन्त्री ओली अमेरिका भ्रमणबाट सोमबार साँझ मात्र फर्किनु भएको थियो । उहाँ आएपछि बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा सरकारले १ अर्ब रुपैयाँ दिने निर्णय गरेको छ । उक्त कोषमा प्रधानमन्त्री र मन्त्रीहरुले एक महिनाको तलब दिनेछन् ।