बैशाख २६ (झगनखबर) ।
आगलागीका कारण घर जलेर नष्ट हुँदा करिब ३ लाख बराबरको क्षती भएको छ ।
ओखलढुंगा जिल्ला मानेभन्ज्याङ गाउँपालिका वडा नं ९ स्थित
दुमखिममा कन्ध बहादुर मगरको घर जलेर नष्ट भएको
हो । आगलागीका कारण दुइतले खरको छानो भएको ढुंगामाटोले बनेको घर जलेर पुर्णरुपमा नष्ट भएको छ । घर भित्र
भएको अन्नपात,
भाँडावर्तन, लत्ताकपडा, सुन आदी तोला, नगद रु १० हजार सहित
जलेर नष्ट हुँदा करिब ३ लाख बराबरको क्षती भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका
प्रहरी निरिक्षक देवेन्द्र दासले बताउनु भयो । मंगलबार बिहान लगभग ८:१५ बजेको
समयमा आगलागी भएको थियो । आगो के कारण लागेको हो भन्ने नखुलेको प्रहरीले जनाएको छ
। स्थानिय बासीको सहयोगमा आगो नियन्त्रणमा लिएका थिए । आगलागी बाट कुनै पनि मानविय
तथा पशुचौपायाको क्षती नभएको स्थानिय बासीले बताएका छन् ।