बेरुजुले थिचिदै ओखलढुंगाका स्थानिय तह

झगनखबर

 असार ८ । ओखलढुंगा जिल्लाका आठै वटा स्थानिय तह बेरुजुले थिचिदै गएका  छन् ।  वर्षैपिच्छे बेरुजु थपिदै गएपछि स्थानिय तह बेरुजुले थिचिदै गएका हुन् । आर्थीक वर्ष ०७९÷८० मा गरिएको लेखापरिक्षणमा बेरुजु थपिदै गएको प्रतिवेदन सार्वजनिक भएको छ । नेपालको सर्वाेच्च लेखापरिक्षण संस्था महालेखापरिक्षकको कार्यालयको प्रतिवेदनले ओखलढुंगाका सबै स्थानिय तहमा बेरुजु थपिदै गएको प्रतिवेदन सार्वजनिक गरेको छ । गत आर्थीक वर्षको तुलनामा यो आर्थीक वर्षमा कम बेरुजू रहेको छ । तर गत आर्थीक वर्षको बेरुजु फस्र्यौट गर्नुपर्नेमा यो आर्थीक वर्षमा पनि झन बेरुजू थपिएको देखिएको छ ।

आर्थीक वर्ष ०७९÷८० मा सबै भन्दा बढी चम्पादेवी गाउँपालिकामा बेरुजु देखिएको छ भने सबै भन्दा कम चिशंखुगढी गाउँपालिकाको रहेको छ । चम्पादेवी गाउँपालिकाको यो आर्थीक वर्षमा ५ करोड ७८ लाख १५ हजार बेरुजु रहेको छ । चिशंखुगढी गाउँपालिकाको १ करोड १० लाख ३४ हजार बेरुजु रहेको छ । त्यसै गरी लिखु गाउँपालिका दोश्रो कम बेरुजु भएको स्थानिय तह हो, लिखुको यो आर्थीक वर्षमा १ करोड ८१ लाख ३१ हजार बेरुजु रहेको छ । तेश्रो कम बेरुजु भएको स्थानिय तह सिद्धिचरण नगरपालिका हो, यो आर्थीक वर्षमा १ करोड ९८ लाख ८६ हजार बेरुजु देखिएको छ । चौथो कम बेरुजु मोलुङ गाउँपालिकाको रहेको छ । यो आर्थीक वर्षमा १ करोड ९९ लाख १६ हजार रहेको छ । त्यसै गरी मानेभन्ज्याङ गाउँपालिकाकाको २ करोड २६ लाख ५९ हजार, सुनकोशी गाउँपालिकाको ३ करोड ६८ लाख ६४ हजार रहेको छ । गत आर्थीक वर्षको बेरुजुलाई पनि जोड्ने हो भने नतिजा फरक आउन सक्छ ।

चम्पादेवी गाउँपालिकाको गत र यो आर्थीक वर्ष गरेर जम्मा २१ करोड ४ लाख ७२ हजार बेरुजु रहेको छ । सुनकोशी गाउँपालिकाको गत र यो आर्थीक वर्ष गरेर जम्मा ७ करोड ४२ लाख बेरुजु रहेको छ । सिद्धिचरण नगरपालिकाको गत र यो आर्थीक वर्ष गरेर जम्मा ९ करोड ७३ लाख ३५ हजार बेरुजु रहेको छ । चिशंखुगढी गाउँपालिकाको गत र यो आर्थीक वर्ष गरेर जम्मा ६ करोड १२ लाख ५६ हजार बेरुजु रहेको छ । मोलुङ गाउँपालिकाको गत र यो आर्थीक वर्ष गरेर जम्मा १३ करोड ४८ लाख ३८ हजार  बेरुजु रहेको छ । खिजीदेम्बा गाउँपालिकाको गत र यो आर्थीक वर्ष गरेर जम्मा ७ करोड १८ लाख ६२ हजार बेरुजु रहेको छ र लिखु गाउँपालिकाको गत र यो आर्थीक वर्ष गरेर जम्मा १० करोड १२ लाख ८३ हजार बेरुजु रहेको छ ।

सिद्धिचरण नगरपालिकाको १८ लाख ७४ हजार, चिशंखुगढी गाउँपालिकाको ४ लाख ४८ हजार, मोलुङ गाउँपालिकाको ५५ लाख ७१ हजार, खिजीदेम्बा गाउँपालिकाको १ लाख २६ हजार, लिखु गाउँपालिकाको २७ लाख ८३ हजार, चम्पादेवी गाउँपालिकाको २० लाख ५८ हजार, सुनकोशी गाउँपालिकाको २४ लाख ९१ हजार र मानेभञ्याङ गाउँपालिकाको ११ लाख ८५ हजार रकम असुल गर्नु पर्ने भनी महालेखापरिक्षकको कार्यालयले प्रतिवेदनमा उल्लेख गरेको छ ।

अन्य बेरुजु प्रमाण तथा कागजपत्र पेश गर्नुपर्ने, नियमित गर्नुपर्ने र पेश्की बाँकी रहेको प्रतिवेदनमा उल्लेख गरेको छ । यस प्रतिवेदनलाइै अध्ययन गर्दा स्थानिय तहहरु पारदर्शी र जवाफदेही नभएको जानकारहरुको भनाई छ ।

प्रतिक्रिया