झगनखबर
असार १९ । ओखलढुंगामा सडक अनुशासन तथा सवारी
दुर्घटना न्युनीकरणका लागि ट्राफिक सप्ताह कार्यक्रम शुरु भएको छ । नेपाल प्रहरी
राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको आयोजना र आन्तरिक
मामिला तथा कानुन मन्त्रालय कोशी प्रदेशको सहयोगमा कार्यक्रमको शुरुवात गरिएको हो
। रमाईलो डाँडास्थित बसपार्कमा औपचारीक कार्यक्रमको आयोजना गरी ट्राफिक सप्ताह
कार्यक्रमको उद्घाटन गरिएको हो । कार्यक्रमका प्रमुख अतिथी सिद्धिचरण नगर प्रमुख
तेजेन्द्र खनालले ट्राफिक सप्ताह कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।
कार्यक्रममा नगर उपप्रमुख केदार बाबु बस्नेत, प्रमुख जिल्ला अधिकारी प्रदर्शनी कुमारी, जिल्ला प्रहरी प्रमुख
दिपक बहादुर केसी, नेपाल प्रहरी, ट्राफिक प्रहरी स्थानियबासी शिक्षक विद्यार्थी सहितको उपस्थितिमा
कार्यक्रमको उद्घाटन गरिएको थियो ।
‘ट्राफिक नियम पालना
नगरेकोमा गर्व हैन, लाज मान्ने गरौ’ । ‘सिट क्षमता भन्दा बढी
यात्रु राखी सवारी नचलाऔँ’ । ‘कानुन भन्दा कोही छैन
माथी,
सुख‐दुःखमा प्रहरीनै साथी’ जस्ता अन्य सुचनामुलक र जानकारीमुलक सन्देश लेखिएका प्लेकार्ड सहित प्रभात
फेरी गरिएको थियो ।
सर्वसाधरण नागरिक र
सवारीचालकहरुका लागि ट्राफिक नियम बारे सचेतना जगाउन तथा सवारी दुर्घटना न्युनीकरण
गर्न प्रहरीले प्रत्येक वर्ष ट्राफिक
सप्ताह कार्यक्रमको आयोजना गर्दै आएको छ । सेवा प्रदायक र सेवाग्रहीलाई ट्राफिक
नियमको थप सचेतना जगाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको प्रहरी
नायबउपरिक्षक दिपक बहादुर केसीले जानकारी दिनुभयो ।
यसता कार्यक्रमले
ट्राफिक नियम बारे सचेतना जगाउने, नियम तथा अनुशासन उलंघन गरेमा कारवाही गर्ने
लगायतका गतिविधीले सवारी दुर्घटना न्युनिकरणमा सहयोग पुग्ने मेयर खनालले बताउनु
भयो । ओखलढुंगा जिल्ला जस्तो विकट भुगोल भएको ठाउँमा सवारी दुर्घटना अत्यधिक हुने
हुँदा सवारी चलाउँदा चालक आँफैले ध्यान दिनु पर्ने र सजग हुनुपर्ने बताउनु भएको
थियो । ट्राफिक सप्ताह कार्यक्रम १९ गते बाट शुरु भई असार २५ गते सम्म सन्चालन
हुनेछ ।
ओखलढुंगा जिल्ला
सदरमुकाममा गाउँगाउँबाट आउने जाने, ओखलढुंगाबाट राजधानी काठमाण्डौ, लगायत पुर्वका
विभिन्न ठाउँमा आउने जाने सवारी साधनहरु सन्चालनमा छन् भने सोलु जिल्लाका विभिन्न
ठाउ बाट राजधानी काठमाण्डौ, लगायत पुर्वका विभिन्न ठाउँमा जाने,आउने हाइवे पनि परेकाले सवारीको चाप बढेको छ .