बैशाख ८ देखि १४ गतेसम्मको साप्ताहिक राशिफल



मेष  चु, चे, चो, ला, लि, लु, ले, लो,

यो साता वाक्पटुता द्वारा आफ्नो काम सफल बनाउन सकिनेछ । माया प्रेममा सामीप्यता बढेर जानेछ । माया मारिसकेको या नसोचेको ठाउँबाट धनागम हुनेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । नयाँ कार्यको योजना बन्नेछ । शेयर बजारबाट पनि लाभ नै मिल्नेछ । यो साताका लागि शुभ अङ्क २,६ र शुभ रङ्ग निलो वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व दुर्गाजीको स्मरण गरि कार्य र यात्रा गर्नाले अधिक सफलता मिल्नेछ ।

वृष, , , , वा, वि, वु, वे, वो

यो साता बन्न लागेको काम बिग्रनसक्छ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । साताको उत्तरार्धमा मनमा सात्विक बिचारहरू र अनुहारमा चमक आउनेछ । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ । साझेदारीको कार्यबाट राम्रो प्रतिफल पाइएला । शेयर बजारबाट पनि विशेष लाभ मिल्नेछ । यो साताका लागि शुभ अङ्क ४,९ र शुभ रङ्ग सेतो वा खैरो हो । कुनै शुभकर्म गर्नु पूर्व शिवजीको स्मरण गर्नाले राम्रो हुन्छ ।

मिथुन का, कि, कु, , , , के, को, हा

यो साता दूरदराज वा दुर्गम स्थानमा गरिएको यात्रा सफल हुनेछ । मित्र जनको साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुनेछ । विवाद र प्रतिस्पर्धामा राम्रो सफलता मिल्नेछ । साताको मध्यमा मन खिन्न हुने स्थिति आउनेछ । आर्थिक कारोबारमा मन्दी आउनेछ । यो साताका लागि शुभ अङ्क १,८ र शुभ रङ्ग गुलाबी वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व विष्णु भगवानको दर्शन गरि कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

कर्कट हि, हु, हे, हो, डा, डि, डु, डे, डो

यो साता व्यवसायका लागि यात्राको सम्भावना पनि छ । जुक्ति र बुद्धिको प्रयोगले समस्या सुल्झाउन सकिनेछ । पारिवारिक सद्भाव पनि बढ्नेछ । साताको अन्त्यमा दुष्ट व्यक्तिको सङ्गतिले आत्मघाती काम गर्न पुगिएला । यो साताका लागि शुभ अङ्क १,९ र शुभ रङ्ग खैरो वा घ्यू रङ्ग हो । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइनेछ । कुनै शुभकर्म गर्नु पूर्व महालक्ष्म्मीजीको दर्शन गरि यात्रा गर्दा अधिक सफलता मिल्नेछ ।

सिंह  मा, मि, मु, मे, मो, टा, टि, टु, टे

यो साता सफल यात्राको योग छ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । पारिवारिक वातावरण पूर्णरूपेण सन्तोषप्रद नै रहनेछ । शुभकार्यको चर्चा पनि चल्नेछ । मध्य सातामा मन खिन्न हुने स्थिति आउनेछ र बढी धन खर्च होला । यो साताका लागि शुभ अङ्क ५,९ र शुभ रङ्ग पहेँलो वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व बगलामुखीको दर्शन गरि कार्य आरम्भ गर्नाले अधिक सफलता हात पर्नेछ ।

कन्या  टो, पा, पि, पु, , , , पे, पो

यो साता खर्च बढ्नुका साथै आर्थिक अभाव देखा पर्न सक्छ । समयमा होस नपुग्नाले काम रोकिन सक्छ । कुनै कुराले मन खिन्न हुने स्थिति आउनेछ । साताको मध्यबाट न्यायिक कार्यमा सफलता मिल्नेछ । प्रेममा मधुरता छाउनेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । यो साताका लागि शुभ अङ्क २,३ र शुभ रङ्ग हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व विष्णु भगवानको स्मरण गरि कार्य आरम्भ गर्दा

तुला  रा, रि, रु, रे, रो, ता, ति, तु, ते

यो साता भाग्यले विभिन्न अवसर जुराउनेछ । कुनै कुराले मनमा शान्ति र खुसियाली मिल्नेछ । अग्रजको सहयोगले कार्य सम्पादन हुनेछ । रोकिएको काम दोहोर्याएर गर्दा फाइदा हुनेछ । अरूलाई प्रभावित पारेर काम बनाउन सकिनेछ । प्रेम र दाम्पत्य जीवन सुखमय हुनेछ । यो साताका लागि शुभ अङ्क ४,८ र शुभ रङ्ग सेतो वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व हनुमानजीको स्मरण गर्नाले अधिक सफलता हात पर्नेछ ।

वृश्चिक  तो, ना, नि, नु, ने, नो, या, यि, यु

यो साता शुभकार्यको चर्चा चल्नेछ । नयाँ कार्य प्राप्तिको योग रहेको छ । धर्मकर्म तथा समाज सेवामा मन लाग्नेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । स्वादिष्ट भोजन पाइनेछ । शुभ समाचार पनि सुन्न पाइएला, तर आफ्नै घमण्डका कारण केही समस्याहरू सिर्जना हुनसक्छन् । यो साताका लागि शुभ अङ्क १,७ र शुभ रङ्ग पहेँलो वा गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीको दर्शन गर्नाले सफलता हात पर्नेछ ।

धनु  ये, यो, भा, भि, भु, धा, फा, ढा, भे

यो साता नयाँ कामको थालनी या योजना बन्ला । पारिवारिक भेटघाट हुनुका साथै इस्टमित्रहरूसँग पनि मेलमिलाप हुनेछ । नयाँ काममा हात हाल्ने समय छ । इच्छा र आकाङ्क्षा पूर्ण हुने भएको छ । अध्ययनमा रुचि जाग्नुका साथै यात्राका योग पनि देखिन्छन् । प्रेममा सफलता पनि पाइनेछ । यो साताका लागि शुभ अङ्क ५,८ र शुभ रङ्ग गुलाबी वा निलो हो । कुनै शुभकर्म गर्नु पूर्व नवग्रहलाई स्मरण गर्नाले राम्रो हुनेछ ।

मकर  भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि

यो साता लाभहानी, सुखदुःख बराबरी मध्यम खालको दिन छ । नजिकका व्यक्तिबाट विश्वासघात होला । स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला । मध्य साताबाट भने लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ । यात्रा र भ्रमण को योग पनि छ । यो साताका लागि शुभ अङ्क २,५ र शुभ रङ्ग खैरो वा पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व शिवजीको स्मरण गर्नाले राम्रो हुनेछ ।

कुम्भ  गु, गे, गो, सा, सि, सु, से, सो, दा

यो साता विपरित वर्गसँग भेटघाट, साथ र सहयोग मिल्नेछ । प्राविधिक र जग्गाजमिनको कारोबारबाट राम्रो फाइदा हुनेछ । साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला । साथै अकस्मात् धन सम्पत्ति हात पर्नेछ । प्रेम प्रस्तावसमेत प्राप्त हुनसक्छ । साताका लागि शुभ अङ्क २,७ र शुभ रङ्ग घिउ रङ्ग वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व शिवजीको दर्शन गरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

मीन  दि, दु, , , , दे, दो, चा, चि

यो साता परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ । सेवा गर्ने अवसर जुट्न सक्छ । प्रेम बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । दूरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ, तर सामाजिक र धार्मिक कार्यमा खर्च बढ्न सक्छ । यो यो साताका लागि शुभ अङ्क १,९ र शुभ रङ्ग पर्पल वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व दुर्गाजीको दर्शन गरि कार्य आरम्भ गर्नाले अधिक सफलता मिल्नेछ ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।



 





प्रतिक्रिया