झगनखबर
जेठ १० । जिल्लाको एकमात्र नगरपालिका, सिद्धिचरण
नगरपालिकाले आगामी आर्थीक वर्षको लागि नीति तथा कार्यक्रम निर्माण गर्न नगरबासी र
स्थानिय सरोकारवाला सँग छलफल गरेको छ । बुधबार एक औपचारिक कार्यक्रममको आयोजना गरि
जिल्लास्थित राजनितिक दल, सरकारी तथा गैह्र
सरकारी कार्यलयका प्रमुख एवं प्रतिनिधीहरु, सन्चारकर्मी, निवर्तमान
जनप्रतिनिधी लगायत नगरपालिका भित्रका स्थानिय नागरिकसँग छलफल गरेको हो ।
वस्ति स्तरको
समस्यालाई समेटेर नगरपालिकाको नीति तथा कार्यक्रम बनाउन सहयोग हुने भएकाले
सरोकारवाला निकाय सँग छलफल गरिएको नगरप्रमुख तेजेन्द्र खनालले बताउनुभयो ।
कार्यक्रममा स्थानिय
नागरिकहरुले गुनासो सहितको सुझाव दिएका थिए । कृषी उत्पादन, बजारीकरणमा समस्या
भएकाले कृषी सम्बन्धी ठोस नीति बनाएर कडाईका साथ लागु गर्न सुझाव दिएका थिए ।
कृषीमा पोके बजेटिङ (थोरै -थोरै सबैलाई) नगरि क्लष्टर बनाएर लगानी गर्न र नियमित
प्रभावकारी अनुगमन गर्न पनि सुझाव दिएका छन् ।
सामुदायिक विद्यालयमा
गुणस्तरिय शिक्षाको विकास गर्न जनप्रतिनिधी कर्मचारी लगायत सामुदायिक विद्यालयमा
अध्यापन गराउने शिक्षकका आफ्ना बालबालिकालाई अनिवार्य सामुदायिक विद्यालयमा
पठनपाठन गराउने व्यवस्था गर्न, शिक्षकलाई
एउटै विद्यालयमा अध्यापन गराउदा मोनोटोनस हुने भएकाले शिक्षकलाई अन्य विद्यालयमा
स्थानान्तरण गर्ने व्यवस्था गर्न पनि सुझाव दिएका थिए ।
त्यसै गरि अन्य सडक, खानेपानी, विद्युतमा सहज
वितरणका लागि नीति बनाउन सुझाव दिएका थिए । नगरपालिकाका निवर्तमान मेयर मोहन कुमार
श्रेष्ठ, राजनितिक दलका प्रमुख
एवं प्रतिनिधीहरुले पालिका सुहाउदो नीति तथा कार्यक्रम बनाउन सुझाव दिएका थिए ।
कार्यक्रमको सभापतित्व गर्नु भएका मेयर खनालले
कार्यक्रममा उठेका जिज्ञासा, सल्लाह
सुझावलाई समेटेर ०८०/०८१
को नीति तथा कार्यक्रममा समाबेश गर्ने र
बजेटमा प्राथमिक्ता दिई प्रभावकारी कार्यान्वयनमा पहल गर्ने बताउनु भयो ।