झगनखबर
फागुन ३ । कपिलवस्तुको शिवराज
नगरपालिका १ सुरही पुल नजिकै यात्रुबाहक
बस दुर्घटना भएको छ । महेन्द्रनगरबाट काठमाडौँका लागि छुटेको यात्रुबाहक बस
दुर्घटना भएको हो । उक्त घट्नामा परी १०
जनाको मृत्यु भएको छ भने ३० जना घाइते
भएका छन् ।
गएराति १ बजे महेन्द्रनगरबाट
काठमाडौँका लागि छुटेको सूदुरपश्चिम प्रदेश ०२–००१
ख ००९८ नम्बरको बस सडकबाट २ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले
जनाएको छ । मृतक र घाइतेको पहिचान खुलिनसकेको र घाइतेलाई उद्धार गरी अस्पताल
पठाउने काम भइरहेको पनि उहाँले जानकारी दिनुभयो । त्यसमध्ये ९ जनालाई थप उपचारका
लागि बुटवल रिफर गरिएको छ । अरु घाइतेको चन्द्रौटामै उपचार भइरहेको छ ।
दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ
।
३ फाल्गुण २०८०, बिहिबार ०८:०८ मा प्रकाशित
840