जीबीको नाममा आएको इमेलबारे साइबर ब्युरोले अनुसन्धान गरिरहेको छ : गृहमन्त्री लेखक


कातिक ९ । गृहमन्त्री रमेश लेखकले सहकारी ठगी प्रकरणमा फरार रहेका गितेन्द्रबाबु (जीबी) राईको नामबाट आएको इमेलबारे ब्रिफिङ गर्नु भएको छ । शुक्रबार बसेको सत्तारुढ सात दलको बैठकमा जीबी राईको नामबाट आएको इमेल बारेमा ब्रिफिङ गर्नु भएको हो । उहाँका अनुसार यो इमेलबारे प्रहरीको साइबर ब्युरोले अनुसन्धान गरिरहेको छ ।

मन्त्री लेखकले उक्त इमेल रास्वपा सभापति रवि लामिछानेमाथि भइरहेको अनुसन्धानमा नयाँ क्लू हुनसक्ने बताउनु भयो । सरकारमा सहभागी र समर्थन गर्ने सात राजनीतिक दलको बैठक शुक्रबार, बालुवाटारमा बसेको थियो । बैठकमा गृहमन्त्री लामिछानेले सूर्यदर्शन लगायतका सहकारीको रकम अपचलनमा पक्राउ पूर्जी जारी भएको, तर हाल फरार रहेका जीबी राईको नाममा सञ्चार माध्यमहरुलाई आएको इमेल सुनाउनु भएको थियो ।

जीबीको तर्फबाट भन्दै सञ्चार माध्यमहरुलाई आएको इमेलमा रवि लामिछानेकै योजनामा सहकारीको पैसा टीभीमा लगेको लगायतका दाबी गरिएको छ । यदि यो इमेलमा भनिएअनुसार भए रविमाथि थप अनुसन्धान हुने गृहमन्त्रीको प्रष्ट संकेत थियो ।

प्रतिक्रिया