राजकुमार कार्की
बैशाख ३० ।
जिल्ला सदरमुकाममा सन्चालित जीवन योग प्रयोग शालाले बजार सरसफाई कार्यक्रम सम्पन्न
गरेको छ । वार्षीकोत्सवको अवसरमा मंगलबार
जिल्ला समन्वय समितिको कार्यालय देखि सिद्धिचरण पार्क सम्म सरसफाई सम्पन्न गरिएकको
हो । दैनिक विहान योग गर्नेहरुको सहभागीतामा सरफाई गरिएको जानकारी दिएका छन् ।
जीवन विज्ञान
धामद्वारा सन्चालीत सिद्धिचरण जीवन योग प्रयोगशाला सिद्धिचरण नगरपालिका १२ मा
सन्चालीत छ । योग प्रयोगशाला सन्चालन भएको एक वर्ष पुगेको खुशीयालीमा बजार सरसफाई
गरिएको मुख्य प्रशिक्षक भुपाल श्रेष्ठले जानकारी दिनुभयो । यो जीवनविज्ञान
प्रयोगशालामा भुपाल श्रेष्ठ र रिता श्रेष्ठ दुईजना तालीम प्राप्त प्रशिक्षक
हुनुहुन्छ । निरन्तर विहान जिल्ला समन्वय समितको सभाहलमा योग कार्यक्रम भईरहेको छ
।
सबै नागरिकलाई स्वस्थ
र निरोगी बनाउन जीवन योग प्रयोगशालाको स्थापना गरिएको बताएका छन् । दैनिक ६० जना
भन्दा बढीको उपस्थितीमा योग सन्चालन भईरहेको प्रशिक्षक रिता श्रेष्ठले जानकारी
दिनुभयो । योग विहान ४ः४५ बजेदेखि ९० मिनेट सम्म सन्चान हुने गरेको छ । योगले
नागरिक खुशि र निरोगी बनाउने हुनाले सबै नागरिकले योग गर्नुपर्ने जिल्ला समन्वय समिति
सदस्य भिमकुमारी कटवाल खत्रीले बताउनु भयो । सरसफाई पश्चात सिद्धिचरण पार्कमा योग गरेर कार्यक्रमको समापन गरिएको थियो ।