माघ १, पोखरा । आइतबार पोखरा बिमान दुर्घनामा ६८ जनाको शव भेटिएको छ, ४ जना अझै
बेपत्ता छन् । उक्त बिमानमा चालक दलका ४
सदस्यसहित ७२ जना सवार थिए । नागरिक उड्डयन प्राधिकरणले हालसम्म ६८ जनाको मात्र शव
भेटिएको जानकारी दिएको छ । शव भेटिएकामध्ये ११ जनाको सनाखत भइसकेको बताएका छन् ।
थप खोजीका लागि सशस्त्र प्रहरी बलको गोताखोरको टोली परिचालन गरिएको हो । पोखरामा
भएको यती एयरको विमान दुर्घटनास्थलमा खोजी गर्नको लागि सशस्त्र प्रहरी बलको
गोताखोर टोली परिचालन गरिएको छ ।
३१ पुस २०७९, आईतबार ०५:५४ मा प्रकाशित
273