ओखलढुंगा जिल्लाको पाँचौ जिल्ला सभा सुरु


चैत ५ । ओखलढुंगा जिल्लाको जिल्ला सभा सुरु भएको छ । जिल्लाको पाँचौ जिल्ला सभा मंगलबार बाट सुरु भएको हो । सभा २ दिन सम्म सन्चालन हुनेछ । जिल्ला समन्वय समितिको सभाहलमा सुरु भएको सभामा कार्यक्रमका अध्यक्ष एवं जिल्ला समन्वय प्रमुख टेकराज भट्टराईले गतिविधिको समस्या÷चुनौती र नीति तथा कार्यक्रमको संक्षिप्त प्रतिवेदन प्रस्तुत गर्नु भएको छ । भावी नीति तथा कार्यक्रममा शिक्षा, पर्यटन, स्वास्थ्य, कृषी लगायतका क्षेत्र समाबेश गरिएका छन् । यो नीति तथा कार्यक्रमलाई बुधबारको सभाले थपघट गरि पास गर्नेछ ।

जिल्ला सभाको पहिलो दिन जिल्लास्थित सरकारी कार्यालय तथा स्थानियतह हरुको योजनाहरुको प्रस्तुती र समिक्षा गरिएको छ । पूर्व स्वास्थ्यमन्त्री एवं कोशी प्रदेशसभा सदस्य प्रदिप कुमार सुनुवार र कोशी प्रदेशका पूर्व सभामुख एवं प्रदेश सभा सदस्य बाबुराम गौतम दुइजना प्रमुख अतिथी रहनु भएको थियो । कोशी प्रदेशका पूर्व भौतिक योजना मन्त्री अम्बिरबाबु गुरुङको पनि उपस्थिति रहेको छ । एक नगरपालिका सहित आठ वटा  स्थानिय तहका प्रमुख उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया