लिखुपिके हाइड्रो बिरुद्ध १८ बुँदे माग राख्दै स्थानियबासी आन्दोलीत

झगनखबर 

जेठ ३१ । लिखु नदिमा बन्न लागेको लिखु पिके हाइड्रोको बिरुद्धमा १८ बुँदे माग राख्दै स्थानियबासी आन्दोलीत भएका छन् । खिजीदेम्बा गाउँपालिका वडा नं ३, , ७ का स्थानियबासीहरु आन्दोलीत भएका हुन् । मंगलबार खिजीदेम्बा गाउँपालिकाका अध्यक्ष गम्बु शेर्पालाई १८ बुँदे माग सहितको ज्ञापन पत्र बुझाएका छन् । ३० मेगावाट क्षमताको हाइड्रो बन्न लागेको र प्रभावित क्षेत्रका नागरिकलाई बेवास्ता गरी हायड्रो सन्चालन गर्न लागेकाले आन्दोलीत हुनु परेको प्रभावित क्षेत्रका नागरिकले गुनासो गरेका छन् । रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका वडा नं. ३, ४ र ५ ओखलढुंगा जिल्लाको खिजीदेम्बा गाउँपालिका वडा नं ३, ४ र ७ को भुगोल प्रभवित क्षेत्रमा पर्दछ । खिजीदेम्बा गाउँपालिकाका वडाहरु ३, , ७ लाई मुख्य प्राभिावित क्षेत्र घोषण गरिनुपर्ने । सेतिबगर, सतल्पु, सुरुले बिबिरे मा अनिवार्य सडक जोडिनुपर्ने । वडा नं. ४ को स्वास्थ्य चौकीलाई ५ शैयाको अस्पतालमा स्तरोन्नती गरिनुपर्ने । रावादोलु, खिजीकाती, चण्डेश्वरीका युवाहरुलाई दक्षता र क्षमताको आधारमा अनिवार्य रोजगारीको ब्यवस्था मिलाइएनु पर्ने लगायतका १८ बुँदे माग राखी ज्ञापन पत्र बुझाइएको जानकारी दिएका छन् । ज्ञापनपत्र बुझ्दै गाउँपालिका अध्यक्ष गम्बु शेर्पाले आपसी सहमती र समझ्दारीमा मात्रै काम सुचारु गर्न पहल गर्ने बताउनु भएको अध्यक्ष शेर्पालाई उद्धृत गर्दै किशोर सुनुवारले बताउनु भयो । आपसी सझ्दारी नगरी काम सुचारु गर्न खोजेमा संघर्ष समिति बनाएर कडाईका साथ आन्दोलन गर्ने सुनुवारले बताउनु भयो ।

वडा नं ७ बाट सुरुङ मार्ग शुरु गरेर वडा नं ४ को भूभागमा सुरुङ पर्ने र वडा नं ७ मा पावरहाउस निर्माण गरिने भनिएको भएपनि निर्माण कम्पनीले आधिकारीक रुपमा कुनै जानकारी नदिएको वडा नं ४ का अध्यक्ष होम बहादुर सुनुवारले बताउनु भयो । सुरुङमार्ग बन्ने तथा पावरहाउस बन्ने वडाका भूभागलाई कुन वर्गको प्रभावित क्षेत्र बनाइएको हो त्यसको कुनै जानकारी नभएकाले कम्पनीको तर्फबाट  प्रोजेक्टको बारेमा पुर्ण सार्वजनिक सुनुवाई नगरी काम अगाडी बढाउन नदिने स्थानियबासीले बताएको अध्यक्ष सुनुवारले जानकारी दिनुभयो।

  

प्रतिक्रिया