मेषः चु चे चो ला लि लु ले लो अ
साताको
प्रारम्भमा मनमा उत्साहको कमी रहनेछ। व्यापार व्यवसायतर्फ नयाँ कार्य हात लाग्नेछ।
स्वास्थ्यमा ध्यान दिनुहोस्। साताको मध्यमा अध्ययन अध्यापनको क्षेत्रमा सफलता
मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। साताको अन्तिममा समय अवस्था विचार गरेर
निर्णय लिनुहोला। राजनीतिक क्षेत्रमा नयाँ जिम्मेवारी मिल्नेछ। सदैव हनुमान
चालिसाको पाठ गरेर दिनको प्रारम्भ गरौं। यो साताको शुभ रंग पहिलो र निलो हो भने
शुभ अंक ६ र ८ रहेको छ।
वृषः इ उ ए ओ वा वि वु वे वो
साताको प्रारम्भमा नयाँ कार्यप्रति
चासो र उत्साह बढ्नेछ। इच्छाशक्तिले लक्ष्यमा पुर्याउन सक्नेछ। साताको मध्यमा
कार्यक्षेत्रमा दोहोराएर कार्य गर्नुपर्ला। पारिवारिक सम्बन्धमा विवादको स्थिति
उत्पन्न होला। साताको अन्तिममा साहित्य वा लेखन कलामा सफलता मिल्नेछ।
विद्यार्थीहरूको तर्कशक्तिमा वृद्धि हुनेछ। सदैव भगवती लक्ष्मीलाई रातो फुल चढाएर
दिनको प्रारम्भ गरौं। यो साताको शुभ रंग नीलो र सेतो हो भने शुभ अंक २ र ६ रहेको
छ।
मिथुनः का कि कु घ ङ छ के को हा
साताको प्रारम्भमा
कार्यक्षेत्रमा बोलिको माध्यमले कार्य सिद्ध हुनेछ। पारिवारिक वातावरण सुखमय
रहनेछ। साताको मध्यमा कार्यक्षेत्रमा लगनशीलताले अप्ठ्यारो कार्य पनि सजिलै
सम्पादन हुनेछ। साताको अन्तिममा व्यापार व्यवसायमा राम्रो फड्कोमार्न सकिनेछ। आय
आर्जन सामान्य रहनेछ। भगवान गणेशलाई दुवे अर्पण गरेर दिनको प्रारम्भ गरौं। यो
साताको शुभ रंग गुलाबी र हरियो हो भने शुभ अंक १ र ३ रहेको छ।
कर्कटः हि हु हे हो डा डि डु डे डो
साताको प्रारम्भमा मानसम्मानमा वृद्धि हुनेछ। आफन्तहरूसँग
रमाइलो समय व्यतीत हुनेछ। साताको मध्यमा युवा वर्गहरुलाई कँरियरमा लिएर नयाँ
अवसरहरु मिल्नेछ। गृहणीरूको गृहकार्यमा समय व्यतीत हुनेछ। साताको अन्तिममा धार्मिक
वा सांस्कृतिक यात्रामा सफलता पाइनेछ। पुरानो समयदेखि रोकिएको कार्य प्रारम्भ
हुनेछ। सदैव भगवान शिवलाई जल अर्पण गरेर दिनको प्रारम्भ गरौं। यो साताको शुभ रंग
सेतो र निलो हो भने शुभ अंक ४ र ८ रहेको छ।
सिँहः मा मि मु मे मो टा टि टु
साताको प्रारम्भमा वैदेशिक
रोजगारबाट लाभ मिल्नेछ। स्वास्थ्यलाई लिएर सजगता अपनाउनुहोस्। साताको मध्यमा
कार्यक्षेत्रमा योग्यताको मूल्यांकन हुनेछ। दिगो कार्यको जग बसाउने अवसर मिल्नेछ।
साताको अन्तिममा कार्यक्षेत्रमा प्रतिष्ठित व्यक्तिहरूको साथ मिल्नेछ। पारिवारिक
जमघटमा स्वादिष्ट भोजनको आनन्द मिल्ला। यो साताको शुभ रंग गुलाबी र बैजनी हो भने
शुभ अंक ५ र ६ रहेको छ।
कन्याः टो पा पि पु ष ण ठ पे पो
साताको प्रारम्भमा विद्यार्थी
वर्गहरूलाई शिक्षाको क्षेत्रमा श्रम को उचित परिणाम नमिल्नाले मन निराश रहनेछ।
साताको मध्यमा आर्थिक दृष्टिले समय अनुकूल रहनेछ। नयाँ लगानीको लागि उपयुक्त समय
रहेको छ। संगीत कलाको क्षेत्रमा नयाँ भूमिका निर्वाह गर्नुपर्ला। साताको अन्तिममा
कार्यक्षेत्रमा नयाँ कार्य हात लाग्ला। संवेदनशील मामलाहरूमा गोपनीयता राख्नुहोस्।
सदैव देवी लक्ष्मीको आराधना गरेर दिनको प्रारम्भ गरौं। यो साताको शुभ रंग हरियो र
गुलाबी हो भने शुभ अंक ३ र ५ रहेको छ।
तुलाः रा रि रु रे रो ता ति तु ते
साताको प्रारम्भमा
कार्यक्षेत्रमा सोचेका काम समय भन्दा अगाडि पूरा हुनेछन्। कानुनी मामलामा विजय
पाइनेछ। साताको मध्यमा व्यापार व्यवसायमा लाभ हुनेछ। कार्यक्षेत्रमा नयाँ
उपलब्धिले थप उत्साह जगाउनेछ। साताको अन्तिममा विद्यार्थीहरूको तार्किक क्षमतामा
वृद्धि हुनेछ। गृहणीहरूको गृह कार्यको साथै सामाजिक परिवेशमा कद बढ्नेछ्। यो
साताको शुभ रंग रातो र केसरी हो भने शुभ अंक ६ र ७ रहेको छ।
वृश्चिकः तो ना नि नु ने नो या यि यु
साताको प्रारम्भमा स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। आफन्तसँग
टाढा हुने सम्भावना छ। साताको मध्यमा यात्राको सम्भावना छ। कार्यक्षेत्रमा
पदोन्नतिका योग छन्। नयाँ वाहन किन्ने सम्भावना छ। रोकिएका कार्यहरू प्रारम्भ
हुनेछन्। कार्यक्षेत्रमा समय भन्दा अगाडि काम सम्पादन हुनेछन्। गायत्री मन्त्रको
जप गरेर दिनको प्रारम्भ गर्नुहोस्। यो साताको शुभ रंग पहेलो र केशरी हो भने शुभ अंक ४ र ८ रहेको छ।
धनुः ये यो भा भि भु धा फा ढा भे
साताको प्रारम्भमा
कार्यक्षेत्रमा आत्मविश्वास बढ्नेछ। गरिएको कार्यको उचित मूल्यांकन पाइनेछ। साताको
मध्यमा जग्गा जमिन सम्बन्धी खोज पुरा हुनेछ। माताको स्वास्थ्यलाई लिएर चिन्ता
रहनेछ। साताको अन्तिममाव्यापारीवर्गलाई व्यापारमा मनग्य लाभ मिल्नेछ। घर परिवारमा
आफन्तहरुको सहयोग मिल्नेछ। सदैव भगवान विष्णुलाई तुलसी दल अर्पण गरेर दिनको
प्रारम्भ गर्नुहोस्। यो साताको शुभ रंग सेतो र खैरो हो भने शुभ अंक ४ र ५ रहेको छ।
मकरः
भो जा जि जु जे जो ख खि खु खे खो गा गि
साताको आरम्भमा हजुरलाई
स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। परिवारसंग मनमुटाव रहनेछ। वैदेशिक काममा समय
अनुकूल नहोला। साताको मध्यमा व्यापार व्यवसायमा लाभ रहनेछ। धार्मिक यात्रा
गर्नुपर्ला। साताको अन्तिममा पिताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। नोकरी वा
पेशामा अधिकारीहरूबाट सम्मान पाइनेछ। विद्यार्थीहरूलाई अध्ययन अध्यापनको लागि यो
सप्ताह ओसत रहनेछ। सदैव हनुमान चालिसाको पाठ गरेर दिनको प्रारम्भ गर्नुहोस्। यो
साताको शुभ रंग हल्का रातो र पहेलो हो भने शुभ अंक ८ र २ रहेको छ।
कुम्भः
गु गे गो सा सि सु से सो दा
साताको प्रारम्भमा सकारात्मक विचारले
मन प्रसन्न रहनेछ। धर्मकर्ममा मन लाग्नेछ। निभाउन नसक्ने वाचा नगरौँ। साताको
मध्यमा सवारी साधनमा धन खर्च हुनेछ। विद्यार्थीलाई पठनपाठनमा सफलता मिल्नेछ।
साताको अन्तिममा नोकरी वा पेशामा सहकर्मीहरूको साथ मिल्नेछ। मीडिया र चलचित्रको
क्षेत्रबाट लाभ पाइनेछ। प्रतिस्पर्धी छात्रहरूलाई प्रतिस्पर्धामा सफलता मिल्नेछ।
कार्यक्षेत्रमा नयाँ अवसरको लागि संघर्ष गर्नुपर्ला। सदैव गायत्री मन्त्रको जप
गरेर दिनको प्रारम्भ गरौं। यो साताको शुभ रंग निलो र सेतो हो भने शुभ अंक २ र ५
रहेको छ।
मीनः
दि दु थ झ ञ दे दो चा चि
साताको प्रारम्भमा संचित धनमा
वृद्धि हुनेछ। व्यापार व्यवसायमा नयाँ अवसरहरू हात लागि पर्नेछन्। विशिष्ट
व्यक्तिहरूसँग निकटता बढ्नेछ। साताको मध्यमा कार्यक्षेत्रमा श्रमको अनुरूप सफलता
मिल्नेछ। नोकरी वा पेशामा नयाँ जिम्मेवारी मिल्नेछ। मन ऊर्जावान रहनेछ। साताको
अन्तिममा माताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। आर्थिक पक्ष सामान्य रहनेछ।
अध्ययनमा प्रगति हुनेछ। कार्यक्षेत्रलाई लिएर गरिएको यात्रा सफल रहनेछ। सदैव
भैरवको दर्शन गरी दिनको प्रारम्भ गरौं। यो साताको शुभ रंग सुन्तला र हल्का हरियो
हो भने शुभ अंक ३ र ४ रहेको छ।
ज्योतिष
पण्डित धर्मेन्द्र कृष्ण पौडेल