झगनबर
भदौ २ । चिर्पट प्रहार गरी आफ्नै बाबुको हत्या गरेको आरोपमा छोरालाई पक्राउ गरिएको छ । कपिलवस्तुतको वाणगंगा नगरपालिका वडा नं ८ पुलचोक निवासी विकास परियारलाई पक्राउ गरिएको हो । घरायसी सामान्य झगडामा छोरा विकासले आफ्नै बावुलाई चिर्पट प्रहार गरेका थिए । छोराको कुटाईबाट गम्भिर घाइते भएका ६० वर्षिय बल बहादुर परियारलाई उपचारको लागी अस्पताल लगिएको थियो । उपचारको क्रममा परियारको निधन भएको प्रहरीले जनाएको छ । घरायसी झगडामा आफ्नै बावु माथी चिर्पट प्रहार गरी गम्भिर घाइते बनाएपछी स्थानिय छिमेकीले प्रहरीलाई खबर गरेका थिए ।
ईलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरील विकासलाई पक्राउ गरेको जानकारी
दिएको छ । आरोपी परियारलाई नियन्त्रणमा लिई घट्ना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरी प्रधान
कार्यालयले जनाएको छ ।
२ असोज २०८०, मङ्गलबार ०१:०४ मा प्रकाशित
843