२२ मंसिर । गत मंसिर
४ (नोभेम्बर २०) देखि कतारमा भईरहेको विश्वकप फुटबल प्रतियोगितामा शुक्रवारदेखि आठ
देशबीच क्वाटरफाइनलका खेलहरू हुनेछन्। ३२
वटा देशले भाग लिएका कतार विश्वकपमा अब ८ देशले क्वाटरफाइनल खेल खेल्नेछन् । पहिलो
क्वाटरफाइनल खेल क्रोएशिया र ब्रजिलबीच शुक्रवार बेलुका नेपाली समयानुसार राति
८:४५ बजे एडूकेशन सिटी रङ्गशालामा हुनेछ।
क्वार्टर फाइनल खेल
तपशिल अनुसारका देशहरु भिड्नेछन् ।
९ डिसेम्बर,कार्तिक २३ गते
क्रोएशिया र ब्राजिल
विच (एडूकेशन सिटी रङ्गशाला) मा हुनेछ ।
९ डिसेम्बर, कार्तिक २३ गते
नेदरल्यान्ड्स र
अर्जेन्टिना विच (लुसैल रङ्गशाला) मा हुनेछ ।
१० डिसेम्बर, कार्तिक २४ गते
मोरक्को र पोर्चुगल
विच (अल थुमामा रङ्गशाला) मा हुनेछ ।
१० डिसेम्बर, कार्तिक २४ गते
इङ्ग्ल्यान्ड र
फ्रान्स विच (अल बैत रङ्गशाला) मा हुनेछ ।