खानीभञ्ज्याङमा प्रहरीचौकी भवन उद्घाटन्


जेठ ३२ । जिल्लाको चिशंखुगढी गाउँपालिका वडा नं ३ स्थित खानीभञ्ज्याङमा प्रहरी चौकी भवनको उद्घाटन गरिएको छ । नवनिर्मित भवनको बुधबार उद्घाटन गरिएको हो । प्रहरी नायब महानिरीक्षक राजेशनाथ बास्तोलाले औपचारीक कार्यक्रमका विच उद्घाटन गर्नुभएको हो  । कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट विनियोजित एक करोड ७३ लाख ३५ हजार ४२२ रुपैयाँमा लागतमा खानिभञ्ज्याङ प्रहरी चौकीको भवन निर्माण गरिएको हो । उक्त भवन निर्माणको ठेक्का पाएको पुष्पाञ्जली पी.एस. जेभी कम्पनी प्रा.लिले २०७६ जेठ २८ गते काम सुरु गरी २०७८ माघ २५ गते सम्पन्न गरेको थियो ।

भवन उद्घाटन गर्दै  डीआईजी बास्तोलाले अपराध न्यूनीकरणका लागि प्रहरीलाई नागरिकको साथ अत्यावश्यक रहेको बताउनुभयो । नागरिक पनि बिना बर्दीको प्रहरी भएकाले अपराध न्यूनीकरण र समुदायमा शान्ति सुरक्षा कायम राख्न नागरिकको महत्वपुर्ण दायित्व रहने डीआईजी बास्तोलाको भनाई छ । अनुसन्धानलाई प्रभावकारी बनाउँदै, नागरिकसँगको सहकार्यमा अग्रीम कार्ययोजना बनाएर काम गर्न जिल्ला प्रहरी कार्यालय ओखलढुंगालाई  निर्देशन दिनुभएको थियो ।

प्रतिक्रिया