झगनखबर
मंसिर १७ । लुकेर रहेका प्रतिभाहरुको
खोजी गर्दै पूर्वी स्टार गायन प्रतियोगिताको आयोजना हुने भएको छ । हाङ अनलाइन म्युजिक प्रा.लि. तेह्रथुमले लुकेर
रहेका प्रतिभाहरुको खोजी गर्दै पूर्वी स्टार गायन प्रतियोगिताको आयोजना गर्ने भएको
हो । जिल्ला सदरमुकाम ओखलढुंगामा आयोजित पत्रकार सम्मेलन मा संस्थाका
प्रतिनिधीहरुले यस्तो जानकारी दिएका हुन् । आयोजकका अनुसार पूर्वी स्टारको अडिसन पुस
१ गतेबाट हुनेछ । इच्छुक आवेदकले मंसिर २५ गते भित्र अनलाइन आवेदन दिनु पर्नेछ ।
आवेदनका लागि ९८४२४२६२०६ वा ९८६९७५५२५५ नम्बरमा ह्वाट्स एप मार्फत आवेदन दिन
सकिनेछ ।
पहिलो चरणको अडिसन पनि अनलाइन मार्फत
नै गरिनेछ । दोश्रो राउण्डको लागि पनि अनलाइन मार्फत ट्रयाकमा गित गाएर भिडियो
पठाउनु पर्नेछ । दोश्रो राउण्डबाट पनि
छनौट भएका सहभागीहरुले धरानमा गई फिजिकल अडिसन दिनुपर्ने आयोजक समितिका निर्देशक
टिआर लिम्बुले जानकारी दिनुभयो ।
विजेताले नगद रु चार लाखसहित सुनको
सिक्री, गीत रेकर्ड र प्रमाणपत्र । उपविजेताले
नगद रु १ लाख ५० हजार एउटा गीत रेकर्ड र प्रमाणपत्र पाउनेछन् । भने तृतिय स्थान
हाँसिल गर्नेले नगद रु ५० हजार, एउटा
गीत रेकर्ड प्रमाण पत्र पाउनेछन् ।
तेश्रोचरण (लाइभ राउण्ड) देखि प्रत्येक राउण्डका उत्कृष्ट हुनेहरुले एक एक थान गिटार पाउनेछन् ।देशविदेशमा रहेका नेपाली भाषीहरुले प्रतियोगितमा सहभागी हुन पाउने आयोजकले जनाएका छन् ।