बैशाख २९ । ओखलढुंगा जिल्लाको विभिन्न सामुदायिक वनमा लागेको आगो नियन्त्रण भन्दा बाहिर गएको छ । चम्पादेवी गाउँपालिका, चिसंखुगढी गाउँपालिका र सिद्धिचरण नगरपालिकाको वनमा लागेको आगो नियन्त्रणमा आउन नसकेको हो ।
चम्पादेवी गाउँपालिका वडा नं १ पलापुको धारापानी स्थित थामच्युरी सार्वजनिक वनमा
बिहिबार दिउसो करिब १ बजे देखि लागेको आगो नियन्त्रणमा आउन नसकेको हो । चिशंखुगढी
गाउँपालिका वडा नं ४ को लेकखर्क स्थित निजी वनमा लागेको आगो पनि नियन्त्रण आउन
सकेको छैन । त्यसै गरी सिद्धितरण नगरपालिका वडा नं १० स्थित बेतिनी सामुदायिक वनमा
बुधबार राती देखि लागेको आगो नियन्त्रणमा आउन नसकेको जिल्ला प्रहरी कार्यालय
ओखलढुंगाले जनाएको छ । तिनै स्थानका वनमा लागेको आगो नियन्त्रणका लागि स्थानियबासी
र प्रहरीको संयुक्त प्रयास भईरहेको स्थानियबासीले
बताएका छन् । उक्त ठाउँका आगोलागी बाट तत्काल गाउँबस्ति भेट्ने संभावना नभएको
प्रहरी निरिक्षक देवेन्द्र दासले बताउनु भयो ।