अबिरल वर्षाका कारण सिद्धिचरण लोकमार्ग अबरुद्ध


असोज १२ । अविरल वर्षाको कारण सिद्धिचरण लोकमार्ग अबरुद्ध भएको छ । ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका वडा नं ६ र ७ को सिमानामा पर्ने  भँडारे खोलामा लेदो सहितको  बाढीका कारण लोकमार्ग अवरुद्ध भएको हो ।  भँडारे खोला नजिकै २ ठाँउमा सडक भन्दा माथिबाट पहिरो समेत गएको छ ।  केहि दिनदेखिको अबिरल वर्षाका कारण भँडारे खोला र त्यसको नजिकै सडक भन्दा माथीबाट पहिरो खसेर सडक अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।  सडक विभाग सँगको समन्वयमा जेसिबी मार्फत  सडक खुलाउने प्रयास भएपनि लेदो बगीरहने समस्याले सुचारु हुन नसकेको जनाएका छन् । 

 पानी र लेदो बग्ने क्रम जारी रहेकोले उक्त सडक सुचारु गर्न नसकिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरिक्षक कृष्ण खड्काले बताउनु भएको छ ।   

प्रतिक्रिया