माघ १८, बागलुङ । बागलुङ जिल्लामा एक पुरुषले
पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका छन् । बागलुङ नगरपालिका–८ सिगानाका ५२
वर्षीय शेरबहादुर जिसीले शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका हुन् ।
घरमा कोही नभएको अवस्थामा पेट्रोल छर्केर शरीरमा आगो लगाएका थिए । आगो लगाएको
छिमेकीले देखेर जोगाएको जिल्ला
प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
जिसीको धौलागिरी अस्पतालमा सामान्य उपचार पछि पोखरा रेफर गरिएको प्रहरी
प्रवक्ता गंगाबहादुर थापाले जानकारी दिनुभयो ।। उनको शरीर तथा अनुहार लगायत
विभिन्न अंग जलेकोले अवस्था गम्भीर रहेको छ । आत्मदाहको कारण भने नखुलेको र
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
१८ माघ २०७९, बुधबार ०५:४८ मा प्रकाशित
398