राजकुमार कार्की
फागुन ३० । सिद्धिचरण नगरपालिका–९, ज्यामिरे गहतेका
पहलमान श्रेष्ठको घर आगोलागीबाट नष्ट हुँदा २० लाख भन्दा बढीको क्षति भएको छ ।
श्रेष्ठको घरमा शनिबार दिउँसो करिब साँढे १ बजेको समयमा आगलागी भएको हो ।
आगोलागीबाट मुख्य घर र पाली (मतान घर) समेत जलेर नष्ट भएको छ । पाली (मतानघर) बाट
आगो लाग्न शुरु भई मुल (मुख्य) ढुंगामाटोले बनेको जस्ताको छानो भएको तीनतले घरसहित
जलेर नष्ट भएको छ । आगलागीले पालीमा बाधेँको भैँसीको एउटा पाडो, छोपीराखेको ७ वटा
कुखुरा समेत मरेको स्थानीयबासीले जनाकारी दिएका छन् ।
घरभित्र भएका सुनचाँदीका गहना, लत्ताकपडा, भाँडावर्तन, अन्नपात लगायतका घरायसी सामग्री समेत जलेर नष्ट भएको छ । आगलागीबाट २० लाख भन्दा बढीको क्षति भएको तर मानवीय क्षेति नभएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जानकारी दिएको छ । दिउँसो करिब १ः३० बजेको समयमा भएको आगलागी नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासीको सहयोगमा नियन्त्रणमा लिएको थियो । सुखा समयको सुरु भएकाले आगलागीका घट्ना बढ्न सक्ने हुनाले सजग रहन जिल्ला प्रहरी कार्यालयले अनुरोध समेत गरेको छ ।