गाउँगाउँका युवालाई स्वरोजगार बनाउँदै, सिपविकास


 बैशाख ४ । ब्यावसायिक तथा सिपविकास तालिम केन्द्र ओखलढुंगाले माथील्लो सगरमाथाका तीन जिल्लाका युवाहरुलाई स्वरोजगार तालिमको आयोजना गर्दै आएको छ । ओखलढुंगा, सोलुखुम्बु र खोटाङ्ग जिल्लाका युवाहरुलाई स्वारोजगार तालिमको आयोजना गर्दै आएको हो । देश पुनःसंरचनामा जानु भन्दा अगाडी ओखलढुंगा जिल्लामा मात्र काम गर्ने गरी स्थापना भएको तालिम केन्द्र पुनःसंरचना पश्चात तीन जिल्ला हेर्ने गरी स्थापना भएको छ । सामाजिक विकास मन्त्रालय प्रदेश अन्तर्गत रहेर आफ्ना गतिविधीहरु सन्चालन गर्दै आईरहेको छ । आफ्नो कार्यक्षेत्र भित्रका बेरोजगार युवाहरुलाई स्वरोजगार बनाउनको लागि विभिन्न खालका सिपमुलक तालिमको आयोजना गर्दै आएको छ । लामो अवधीको तालिम र छोटो आवधीको तालिम गरी दुई खालका तालिम सन्चालन गर्ने गरेको  भविन्द्र कुमार खत्रीले जानकारी दिनु भयो ।

मागका आधारमा जुनसुकै ठाउँमा गएर पनि तालिमको ब्यवस्था गर्ने गरेको खत्रीले बताउनु भयो । गैर नाफामुलक संस्था र नाफामुलक संस्थासँगको समन्वयमा तालिम सन्चालन हुदै आएको छ । तीन महिनाको  लामो अवधीको तालिम गैरनाफामुलक संस्था सँगको समन्वयमा गर्ने गरेको र छोटो अवधी (एक हप्ता देखी ६ हप्ता सम्म) का तालिमहरु नाफामुलक संस्था सँगको समन्वयमा सन्चालन हुने गरेको छ । संस्थाहरुलाई प्रतिस्पर्धाबाट सुचिकृत भएका संस्थाहरुलाई तालिम सन्चालन गर्न दिइने गरेको बताएका छन् ।

 कार्यालयले गरेको प्रस्ताव आव्हानमा इन्छुक संस्थाले भरेको माग फारमको आधारमा संस्था छनौट गरी तालिम सन्चालन गर्ने गरेको बताएका छन् । छोटो अवधीको तालिममा स्वरोजगार तथा बैदेशीक रोजगारको लागि सहयोग पुग्ने तालिम दिदै आएको छ । छोटो अवधीको तालिममा कम्प्युटर डिप्लोमा, मुढा बनाउने, स्यानिटरी प्याड बनाउने, च्याउखेती, कुक, सरफ बनाउने, बेकरी, वेटर, मौरीपालन लगायतका तालिम सन्चालनमा छन् । त्यसै गरी लामो अवधीको तालिम (तीन महिना) आधारभूत कम्प्युटर तालिम, कटाई सिलाई, सिकर्मी, मोबाईल मर्मत, विद्युत जडान, केश श्रृंगार, ढाका बुनाई लगायतका तालिमहरु दिने गरिएको छ ।

तालिम पश्चात युवाहरुले  ब्यावसाय सन्चालन गरी राम्रो आम्दानी गर्ने गरेको कार्यालयले बताएको छ । मोबाईल मर्मत, कटाई सिलाई विद्युत जडान, ढाका बुनाई तालिम लिएका युवाहरुले स्वरोजगार भएको बताएका छन् । बैदेशीक रोजगारीमा जाने युवाहरुले पनि सिप सिकेर जाँदा काम गर्न सजिलो हुने बताएका छन् । थोरै लगानीमा सन्चालन गर्न सकिने कटाई सिलाई तालिम पश्चात धेरै महिलाहरुले व्यावसाय शुरु गरेको प्रशिक्षक कोपीला श्रेष्ठले बताउनु भयो ।

लामो अवधीको तालिममा सहभागी हुनेहरुलाई दैनिक खाजाभत्ताको रुपमा करसहित ५० रुपैयाँ दिने व्यवस्था रहेको छ । त्यसै गरी छोटो अवधीको तालिम सन्चालन गर्दा संस्था सँगको सम्झौताका आधारमा तालिम सम्पन्न पश्चात एकमुष्ट रकम संस्थाको खातामा दिने गरेको बताएका छन् । यो आर्थीक वर्षमा नियमित तीन सय १५ जना र छोटो अवधीको तीन सय ६० गरी जम्मा ६ सय ७५ जना कोटाको तालिम रहेको कम्प्युटर अपरेटर लुकहरी वाँस्तोलाले बताउनु भयो । जिल्लाका दुरदराजका गाउँहरुमा पनि तालिम सन्चालन भईहेको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया