शिक्षक संघलाई अविभावक संस्था बनाउँछु : गोकर्ण बानियाँ

ओखलढुंगा २७, चैत । नेपाल शिक्षक संघको संघिय अध्यक्षका उम्मेदवार गोकर्ण बहादुर बानियाँले शिक्षक संघलाई शिक्षकहरुको अविभावक संस्था बनाउने घोषणा गर्नु भएको छ । शिक्षक संघको ९ औँ महाधीबेशनमा संघिय अध्यक्षको उम्मेदवार बन्नु भएका बानियाँले आफ्ना योजनाहरु सार्वजनिक गर्दै यस्तो बताउनु भएको हो । नेपाल शिक्षक संघको ९औँ संघिय महाधिबेशन चैत २८ गते देखि ३० गते सम्म काठमाण्डौमा चल्नेछ ।

ओखलढुंगाबाट शिक्षक प्रतिनिधी हुनुभएका बानियाँ रुम्जाटार माध्यमिक विद्यालय रुम्जाटारका प्रधानाध्यापक हुनुहुन्छ । उहाँलाई एक कुशल ब्यवस्थापकको रुपमा जिल्लामा चिनिन्छ .

नेपाल शिक्षक संघमा पुरानो, लोकप्रिय र प्रभावशाली शिक्षकको रुपमा पनि बानियाँलाई चिनिन्छ । नेपालमा प्रजातन्त्रको उदयसंगै नेपाल शिक्षक संघमा लाग्नु भएका बानियाँ केन्द्रिय उपाध्यक्षको भूमिका कुशल्तापुर्वक निर्वाह गरिसक्नु भएको छ । शिक्षकहरुको हक हितका लागि सदैव लागिरहेकाले, देशभरिका शिक्षक प्रतिनिधीहरुले अगाडी सारिएको उम्मेदवार हुँ, सकेसम्म मेरो नाममा सहमति हुन्छ । सहमति नभए चुनावमा जाँदा पनि मेरो जित निश्चित छ । उहाँले भन्नुभयो ।

२०४७ सालमा ओखलढुंगा जिल्लामा शिक्षक संघको स्थापना गर्दा सहसचिव भएर काम गर्नु भएका बानियाँ निरन्तर रुपमा संगठनकै हक र हितमा काम गर्दै आउनु भएको छ । २०६५ साल देखि २०६९ साल सम्म केन्द्रिय सदस्य भएर काम गर्नु भएको थियो । २०६९ देखि २०७४ साल सम्म केन्द्रिय उपाध्यक्ष भई काम गरिसक्नु भएको छ । ३२ वर्ष भन्दा लामो समय संगनमै विभिन्न पदमा रहेर काम गरिसकेकाले संगठन हाँक्ने अनुभव भएको बानियाँले बताउनु भयो । साथै लामो समय शिक्षण पेशामा आबद्ध भई संगठनमा काम गरिसकेका अब्बल शिक्षक प्रतिनिधीलाई आफ्नो टिममा समाबेश गरेको कारण बाट पनि जित निश्चित भएको दाबी गर्नुभयो ।

उहाँले तपशिल अनुसारका योजनाहरु अघि सार्नु भएको छ ।

शिक्षक संघलाई देशभरका शिक्षकहरुको अविभावक संस्था बनाउने ।

राज्यले शिक्षकहरुलाई गरेको विभेद हटाउने ।

प्राविधिक शिक्षाको विस्तार र विकास गर्ने ।

शिक्षकको आन्दोलन प्रविधिमैत्री र उपलब्धीमूलक बनाउने ।

शिक्षक संघको गरिमा थप उँचो बनाउँदै देशभर संगठन विस्तार गर्ने ।

शैक्षिक विकास र गुणस्तर सुधारमा नयाँ आयाम ल्याउने ।

शिक्षकको क्षमता विकास गरि प्रविधीमैत्री बनाउने ।

शिक्षकको बृद्धिविकासमा नीतिगत पहल पैरवी गर्ने

एक कार्यकाल रचनात्मक काम गरेर जिम्मेवारी हस्तारण गर्ने । लगायतका योजनाहरु अगाडी सार्दै प्रतिबद्धता जनाउनु भएको छ ।

 

 

 

प्रतिक्रिया