राजकुमार कार्की
माघ २८ ।
भूमि समस्या समाधान आयोगका सदस्यहरुको शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । जिल्ला
समितिका अध्यक्ष पुरुषोतम लुइटेलले नवनियुक्त सदस्यहरुलाई सोमबार शपथग्रहण गराउनु
भएको हो । नवनियुक्त विज्ञ सदस्य जीवनकुमार थापा, महिला सदस्य
हेमालक्षी राई र खुल्ला सदस्य उमेश कार्कीलाई शपथ ग्रहण गराइएको जानकारी दिएका छन्
। जिल्लास्थित राजनीतिक दलका प्रतिनिधी, पत्रकारहरुको
उपस्थितिमा जिल्ला समन्वय समितिको सभाहलमा कार्यक्रम सम्पन्न गरिएको थियो । केहि
समय अगाडी जिल्ला अध्यक्षमा पुरुषोत्तम लुइटेललाई अध्यक्षमा नियुक्त गरिएको थियो ।
तर सदस्यहरुको भने पद खाली रहेको थियो ।
सदस्यहरुको नियुक्त सम्पन्न गरी
सपथ ग्रहण गराउनु भन्ने मन्त्रालयको परिपत्रअनुसार शपथ ग्रहण गराइएको अध्यक्ष
लुइटेलले बताउनु भयो । कार्यक्रमको अध्यक्षता गर्नु भएका आयोगका अध्यक्ष लुइटेलले
जिल्लाको भूमि सम्बन्धी समस्या समाधान गर्न सबैले सहयोग गर्नुपर्ने बताउनु भयो ।
तल्लो तहमा रहेर काम गर्ने वडा अध्यक्ष सहितको टिमले विशेष ध्यान दिनुपर्ने बताउनु
भयो ।
यो वर्ष भरी भूमि सम्बन्धि समस्या समाधान गर्ने आफ्नो योजना रहेको अध्यक्ष लुइटेलले बताउनु भयो । सबै सरोकारवाला निकायहरुले सहयोग गरे एक वर्षभित्रमा भूमिको समस्या समाधान गर्न सजिलै सकिने बताउनु भयो ।