हावाहुरीले ५ घर सहित विद्यालयको छानो उडायो, चट्याङले भैँसी मा¥यो


राजकुमार कार्की

 चैत ३ । हावाहुरीले घर र विद्यालयको छानो उडाउनुका साथै चट्याङले भैँसी समेत मारेको छ । सोमबार बेलुका आएको हावाहुरीका कारण जिल्लाको विभिन्न ठाउँमा घर र विद्यालयका छाना उडाउनुका साथै चट्याङले भैँसी समेत मारेको हो ।

जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका अनुसार :

हावाहुरी सँगै आएको चट्याङका कारण सुनकोशी गाउँपालिका–२ टाँकीटार निवासी बल बहादुर तामाङको गोठमा बाधीराखेको भैसी मरेको छ । भैँसी मरेका कारण तामाङलाई करिब १ लाख २५ हजार बराबरको क्षति भएको छ । सिद्धिचरण नगरपालिका–४ रुम्जाटार बस्ने रामबाबु दाहालको  तीनतले पक्की घरको टपमा भएको जस्ताको छानो उडाएको छ । उडाईएको उक्त जस्ताले छिमेकी तुलसी श्रेष्ठको घरको छानोमा पुगी सामान्य क्षति समेत भएको छ भने मानवीय तथा पशुचौपाया क्षति भएको छैन । सोमबार बेलुका नै आएको हावाहुरीका कारण  सिद्धिचरण नगरपालिका–२, ठुलाछाप बस्ने लाल बहादुर कामीको ढुंगामाटोले बनेको खरको छानो भएको घरको छानो उडाएका कारण करिब १ लाख बराबरको क्षति भएको छ ।

त्यसै गरी मोलुङ गाउपालिका–१ कुन्तादेवी ढकालगाउँ बस्ने पेशल ढकालको ढुंगामाटोले बनेको घरको जस्ताको छानो उडाएको छ । उक्त घरको छानो उडाउँदा करिब २ लाख बराबरको क्षति भएको छ । सुनकोशी गाउँपालिका–५ मुलखर्क बस्ने सोम बहादुर तामङको ढुंगामाटोले बनेको घरको जस्ता छानो उडाउँदा करिब ३० हजार बराबरको क्षति भएको छ । त्यसैगरी सिद्धिचरण नगरपालिका–११ मिलनचोक बस्ने विष्णुमाया वि.क.को ढुंगामाटोले बनेको घरको जस्ताको छानो उडाएका कारण करिब ५० हजार बराबरको क्षति भएको छ ।

हावाहुरीकै कारण सुनकोशी गाउँपालिकामा २ वटा माध्यमिक विद्यालयमा समेत क्षति पु¥याएको छ ।  सुनकोशी गाउँपालिका वडा नं ५ पारा स्थित दामति माविको ढुंगामाटोले बनेको जस्ताको छानो भएको भुइतले भवनको काठ सहित जस्ता उडाउँदा करिब ३ लाख बराबरको क्षति भएको  छ । भने सुनकोशी गाउँपालिका–५ डाडाखर्कस्थित चौतारा माध्यमिक विद्यालयको कार्यालय कक्ष र कम्प्युटर ल्याब भएको कोठाको माथीपटीको जिप्सन बोर्ड खस्दा कोठामा भएका सामग्रीमा क्षेति भएको छ । हावाहुरीका कारण उक्त विद्यालयमा करिब २ लाख ५० हजार बराबरको क्षति भएको छ । सोमबार अपरान्ह देखि बेलुका सम्म हावाहुरी चलेको थियो । लामो समय पछाडी चलेको यत्ति ठुलो हावाहुरीका कारण जिल्लाबासी नागरिक त्रसित बनेका थिए ।

प्रतिक्रिया