ओखलढुंगा कांग्रेसको महासमिति सदस्य सहमतिमै चयन


झगनखबर

 माघ २१ । नेपाली कांग्रेस ओखलढुंगाले महासमिति सदस्य सहमतिमै  चयन गरेको छ । लामो छलफल र कसरतपछि २० गते सहमतिमै महासमिति सदस्य चयन गरिएको हो । सहमति नभए चुनाव मार्फत सदस्य चयन गर्नु पर्ने प्रावधान भएका कारण २० गते चुनावको तय गरिएको थियो । चुनावमा सहमितका आधारमा आवश्यक सदस्यहरुले मात्र मनोनयन दर्ता गरेका थिए । जिल्लाबाट विभिन्न क्लष्टरबाट ११ जना सदस्य चयन गर्नु पर्नेमा ११ जनाले मात्रै मनोनयन दर्ता गरेकाले  निर्वाचन निर्विरोध भएको निर्वाचन अधिकृत बोधनारायण कट्वालले जानकारी दिनुभयो ।

सदस्य चयनका लागि आपसी समझ्दारीबाट सहमति भएकाले चुनावको तयारी भएपनि सहमतिमै सदस्य चयन गरिएको सभापति तेजन खनाल (तेजेन्द्र) ले जानकारी दिनुभयो । खुल्ला तर्फ खिलानाथ दाहाल, लिलाबल्लभ दाहाल (काका), नविन राई,  बेद बहादुर रोक्का  सर्बधन तामाङ रहेका छन् । त्यसै गरी महिला खुल्लामा बाला अधिकारी र गोमादेवी केसी, महिला जनजातिमा हेमालक्ष्मी राई रहेका छन् । जनजाति पुरुषमा कुमार बहादुर श्रेष्ठ, खसआर्यमा हरिप्रसाद दाहाल र दलित तर्फ होम बहादुर बि.कलाई सहमतिमा चयन गरिएको बताएका छन् ।

प्रतिक्रिया